गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालको विजयादशमी शुभकामना सन्देश

गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालको विजयादशमी शुभकामना सन्देश

काठमाडौँ, असोज ७ -गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले विजयादशमीको अवसरमा शुभकामना व्यक्त गर्दै हाल देशले भोगिरहेको दुखद परिस्थितिप्रति संवेदना प्रकट गरेका छन्।

उनले जेन–जेड आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, आन्दोलनमा प्रभावित परिवारलाई धैर्य र शक्ति प्राप्त होस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन्।

“मानवीय तथा भौतिक क्षति भएको यस कठिन अवस्थामा हामी सबै मिलेर एकअर्कालाई साथ दिँदै आफ्नो–आफ्नो भूमिकाबाट राष्ट्र निर्माणमा जुट्न जरुरी छ,” मेयर रिसालले भने।

चाडपर्वको प्रसङ्गमा उनले सांस्कृतिक परम्परा र रीतिरिवाजको संरक्षण गर्दै विजयादशमीलाई आपसी सद्भाव, भातृत्व र एकताको प्रतीकका रूपमा मनाउन नगरवासीलाई आग्रह गरेका छन्।

मेयर रिसालले देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई विजयादशमी २०८२ को अवसरमा शान्ति, समृद्धि र सुख–शान्तिका लागि शुभकामना व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP