मलद्वारमा लुकाइएका तीन डल्ला सुनसहित भारतीय नागरिक विमानस्थलमा पक्राउ

काठमाडौं, असोज ८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार करिब एक किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतका ४८ वर्षीय रोनक मदनी रहेका छन्। मुम्बईबाट इन्डिगो एयरमार्फत काठमाडौं आएका उनलाई विमानस्थलको आगमन भन्सार एरियामा शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार केएमसी अस्पतालमा भिडियो एक्स–रे गर्दा उनको मलद्वारमा लुकाइएका तीन डल्लाबाट ८३५ ग्राम सुन बरामद भएको हो।

बरामद गरिएको सुनसहित उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरनमा बुझाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP