सप्तरी, साउन २१ — सप्तरीको राजगढ गाउँपालिका–२, कमलपुरमा प्रहरीको गोली लागेर एक तस्करको मृत्यु भएको छ। भारततर्फ तस्करी गर्न भण्डारण गरिएको मदिरा नियन्त्रणमा लिन खोज्दा तस्कर समूहसँगको झडपमा प्रहरीले चलाएको गोली लागेर ३५ वर्षीय लालु यादवको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार राति १० बजेतिर भारत निकासीका लागि ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक बीरेन्द्रकुमार यादवको कमाण्डमा १० जना प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीमाथि तस्कर समूहले ढुंगा-मुढा प्रहार गर्दै आक्रमण गरेपछि आत्मरक्षाको लागि प्रहरीले चार राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ।
हवाई फायरको क्रममा एक गोली यादवको बायाँ तिघ्रामा लागेको थियो। गम्भीर घाइते यादवलाई राति साढे ११ बजे गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याइए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
प्रहरीले घटनास्थलबाट ८० कार्टुन मदिरा बरामद गरेको छ। अन्य मदिरा पनि लुकाइएको आशंकामा थप अनुसन्धान जारी रहेको र घटनामा संलग्न तस्करहरूको पहिचान तथा पक्राउका लागि परिचालन तीव्र पारिएको डिएसपी बस्नेतले जानकारी दिए।
घटनापछि स्थानीयमा तनाव सिर्जना भएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया