काठमाडौं भदौ २० – अमेरिकाले अध्यागमन कानुन उल्लंघनको आरोपमा १९ जना नेपालीलाई बिहीबार बेलुका काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर बुझाएको अध्यागमन विभागले जनाएको छ।
विभागले जनाएको छ कि १७ पुरुष र २ महिला रहेका उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरेपछि प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोमा बुझाइएको छ।
त्यसैगरी, डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति भएपछि अहिलेसम्म २३४ जना नेपालीलाई डिपोर्ट गरिएको छ। पछिल्लो पटक ३७ जनालाई डिपोर्टको तयारी भए पनि १९ जनामात्र नेपाल ल्याइएको हो।
विभागका अनुसार नेपाल फर्किएका मध्ये एक जना विद्यार्थीलाई मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा डिपोर्ट गरिएको हो भने अर्का एक जना लायन्स क्लबको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेपछि अवैधानिकरुपमा बसेर त्यहाँको कानुन विपरीत गतिविधि गरेको आरोपमा फिर्ता गरिएको हो।
चार्टर्ड विमानमार्फत ल्याइएका १९ जनालाई विभागले प्रहरीलाई बुझाइसकेको छ।
काठमाडौं असोज १३-नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सासुससुरा बस्ने घ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!