बसन्तपुरमा लिङ्गो ठड्याएर सुरु भयो इन्द्रजात्रा

बसन्तपुरमा लिङ्गो ठड्याएर सुरु भयो इन्द्रजात्रा

काठमाडौं भदौ १९— काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा धार्मिक विधिअनुसार लिङ्गो ठड्याउँदै यो वर्षको इन्द्रजात्रा सुरु भएको छ। हनुमानढोकास्थित इन्द्रध्वजासहितको लिङ्गो (इन्द्रध्वजोत्थान) ठड्याएर आज भाद्र शुक्ल द्वादशीका दिनबाट जात्रा प्रारम्भ गरिएको हो।

भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर सुरु गर्ने परम्परा अनुसार जात्रा ८ दिनसम्म चल्ने छ। यस अवधिमा विभिन्न नाच–गान, रथयात्रा तथा देवी–देवताको पूजाआजा गरिन्छ।

जात्राको अवसरमा दरबार स्क्वायरका काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायत सम्पदामा रङरोगन गरी रातो ध्वजा फहराइएको छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिने चलन छ।

शत्रु पराजयपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाइन्छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने र प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसको अर्थ लिइन्छ।

पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवी (श्री कुमारी), श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा कायम छ। जात्राभरि भक्कु, महाकाली, लाखे, दशावतार नाचसँगै देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच पनि प्रस्तुत गरिन्छ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौं दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ (लडाउने) गरेर जात्रा समापन गरिने छ। नेवारी समुदायको यो पर्व काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा धुमधामका साथ मनाइन्छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

देउवाका सासुससुरा बस्ने घरमा पनि सीआईबीको छापा
5 महिना अगाडि

काठमाडौं असोज १३-नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सासुससुरा बस्ने घ ...

छुटाउनुभयो कि ?

TOP