काठमाडौं, असार १७— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवको जिम्मेवारी कार्यकारी निर्देशक सुवासचन्द्र जोशीलाई दिएका छन्।
कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले मन्त्रिस्तरीय निर्णयमार्फत जोशीलाई जिम्मेवारी दिएको उनका सचिवालयले जनाएको छ।
यसअघि सदस्य सचिव रहेका डा. मिलनकुमार थापा पदमुक्त भएपछि रिक्त बनेको पदमा जोशीलाई जिम्मेवारी दिइएको हो।
नवनियुक्त निमित्त सदस्य सचिव जोशीको कार्यकाल आगामी भदौ १८ गतेसम्म कायम रहने कोषले जनाएको छ। करिब दुई महिनाका लागि उनी कोषको नेतृत्वमा रहने छन्।
काठमाडौं, साउन १४ – नेपालकै प्रमुख श्मशानस्थल आर्यघाटमा अन्तिम संस्कार गर्न आएका परिवारले अहिल ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!