काठमाडौं, साउन १४ – नेपालकै प्रमुख श्मशानस्थल आर्यघाटमा अन्तिम संस्कार गर्न आएका परिवारले अहिले गम्भीर अपमानजनक अवस्था झेल्नुपरेको छ। धार्मिक पवित्रता, सामाजिक मर्यादा र सांस्कृतिक संवेदनशीलताको केन्द्र मानिने यो स्थलमा ‘नक्कली आरती उद्योग’ नाममा नाचगान, ताली र अनधिकृत भीडभाड हुने क्रमले शोकमा डुबेका परिवारहरूलाई थप पीडा दिइरहेको छ।
मृतकका आफन्त खुलेर रुन पनि नपाउने, शव राख्ने ठाउँ नपाउने, मलामी उभिनुपर्ने स्थान आरती आयोजकले अतिक्रमण गर्ने अवस्थासम्म पुगेको छ। यस्तो वेला न त धार्मिक मर्यादा बाँकी छ, न सहानुभूतिपूर्ण वातावरण।
स्थानीयहरू आक्रोशित छन्। कोही पनि यो ‘नक्कली आरती’को पक्षमा छैनन्। सबैको एउटै आवाज छ – “यो बन्द हुनुपर्छ।” तर, पशुपति क्षेत्र विकास कोष भने गम्भीर मौनतामा बसेको छ।
बिना अनुमति, बिना पारदर्शिता, बिना नीतिगत आधार वर्षौंदेखि दैनिक सञ्चालनमा रहेको यस आरती कार्यक्रमले दैनिक लाखौँ रुपैयाँ असुली गरिरहेको प्रमाण सार्वजनिक भइसकेका छन्। तर कोष, नियमन गर्ने जिम्मेवारी बोकेको सरकारी निकाय, अझै बेखबर बनेको छ।
अत्यन्तै आपत्तिजनक पक्ष के छ भने – आर्यघाटबाट यस्तो अव्यवस्थित कार्यक्रम हटाउनुको सट्टा कोषले उल्टै मन्दिरको पश्चिम ढोकामा अर्को ‘किर्तिम आरती’ सञ्चालन गर्न स्वीकृति दिएको पुष्टि भएको छ।
यो निर्णयले नक्कली आरतीलाई वैधता दिने संकेत मात्रै दिएको छैन, पशुपतिनाथ मन्दिरभित्रै बेलुकी हुने ‘सक्कली आरती’लाई समेत प्रभाव पारेको छ। एउटै समयमा दुई–दुई ठाउँमा आरती चल्दा भक्तजनमा भ्रम फैलिएको छ। कतै पवित्रता हराउँदैछ भने कतै व्यवसायिक स्वार्थको गन्ध अझ तीव्र बन्दैछ।
धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले अत्यन्त संवेदनशील स्थलमा यस्तो गतिविधिले साँच्चिकै आस्थावान नागरिक र मृतक परिवारका लागि गम्भीर मानसिक चोट पुर्याउने काम गरिरहेको छ।
धेरैले प्रश्न गरेका छन् – “आर्यघाट शान्तिको स्थल हो कि रमाइलोको?”
“मृतकको सम्मान हुने कि उनको शोकमा पनि ताली बजाइने?”
तर उत्तर कसैसँग छैन।
वर्षौंदेखि यस्तै गतिविधि भइरहे पनि कोष मौन रहने, र धार्मिक पवित्रता माथि खुला धन्दा चलाइ रहने सन्देश समाजमा गहिरिँदै गएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया