काठमाडौं, बिहीवार, श्रावण १५ – नेपाली परम्पराअनुसार श्रावण १५ का दिन खिर खाएर मनाइने खिर दिवशलाई अवसर बनाएर टोखा नगरपालिकाले बिहीवार विशेष कार्यक्रम आयोजना गरी जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ।
टोखा नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारी, उपमेयर मुरारी तामाङ, वडा अध्यक्ष नरोत्तम राना, सदस्य गोपी पाठक, जेष्ठ नागरिक संघ अध्यक्ष ज्ञानबहादुर भण्डारी, भूगोलविद्, शिक्षाविद् र साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नगरप्रमुख अधिकारी स्वयंले जेष्ठ नागरिकहरूसँग तातो खिर बाँडे। उनले भने, “श्रावण १५ को झरिलो मौसममा तातो खिर केवल परम्परा मात्र होइन, शरीरलाई ऊर्जावान बनाउने पौष्टिक आहार पनि हो। वृद्ध बा–आमाको अनुहारमा मुस्कान देख्दा मलाई पनि बचपनको सम्झना आयो। झन् खिर स्वादिलो लाग्यो।”
कार्यक्रमको उद्देश्य सामाजिक आत्मीयता बढाउनुका साथै जेष्ठ नागरिकप्रति कृतज्ञता व्यक्त गर्नु रहेको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा खिर सेवनसँगै साहित्यिक र सांस्कृतिक प्रस्तुतीहरू, अनुभव आदानप्रदान र जेष्ठ नागरिकहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।
उपमेयर मुरारी तामाङले यस्ता कार्यक्रममा वृद्ध पुस्ताको आत्मसम्मान अझै मजबुत हुने र सामाजिक अग्रसरता बढ्ने विश्वास व्यक्त गरे।
सहभागी जेष्ठ नागरिकहरूले नगरपालिकाले देखाएको सम्मान र मायाले आफूलाई निकै खुशी र गर्व महसुस भएको प्रतिक्रिया दिए।
काठमाडौं, भदौ १४ – नेपाल सरकारले दर्ता हुन नआएका अवैध सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी गरेको ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!