कविता : "विनम्रताको नाटक, सिंहासनको साज"

कविता : "विनम्रताको नाटक, सिंहासनको साज"

जब भाग्यको सूर्य अस्ताउँछ,
र समयको जंगल अँध्यारिन्छ,
उनीहरू आउँछन् —
गजुरविहीन राजाहरूझैँ,
पैतालाको धुलोमा चामलका भाकाहरू लिएर।

"हे प्रभो!" भनेर झुक्छन्,
शब्दहरूमा गंगा बगाउँछन्,
विनम्रताको वस्त्र ओढेर,
स्वार्थको आरती चढाउँछन्।

तपाईंको छायामा बाँचेका ती छायाचरहरू,
अर्कै दिन
आफ्नै प्रकाशमा अन्धो हुन्छन्।
हिजो जसले ‘प्रेरणा’ माने,
आज ‘बाधा’ ठान्न थाल्छन्।

बिवेकको मूर्ति भत्काएर,
वेदीमा राख्छन् अहंकारको सिंह।
आभारका फूलहरू सडेर जान्छन्,
सन्देशहरू उत्तरविहीन बन्छन्।

त्यसपछि —
उनीहरू बाघ बन्छन्,
र गर्जन्छन् आफ्नै पिंजराबाट:
"मैले जे छु, आफूले बनाएको हुँ!"
भन्दै पन्छिन्छन्,

त्यसैले,
"नझुक्नु त्यो पैताला तिर,
जहाँ विनम्रता अभिनय बनेको हो।
नढुक्नु त्यो बाघ अघि,
जसले आफ्नै मासुको गन्ध बिर्सिसकेको छ।"

ध्यान राख,
विनम्रता बिना स्वार्थ
र सिंहासन बिना चरित्र —
यी दुवै भ्रम हुन्,
जसले सत्यलाई
भित्ताको झुण्ड्याइएका तस्वीरजस्तो
सिर्फ सजावट बनाउँछन्।

(नोट:यस कविताका रचनाकार टोखा नगरपालिका ,काठमाडौका शिक्षा अधिकृत खगेन्द्र सिंह धामी हुन्)

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP