सुनसरी असार १६-सुनसरी जिल्लाको दुहबी नगरपालिका–७ भलुवास्थित सीमा ईलाकाबाट असार १५ गते सशस्त्र प्रहरीले करीव ४ लाख २० हजार ४ सय २० रुपैयाँ बराबरको चिनीसहितको ट्याक्टर नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले को २ त ५२७९ नंम्बरको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउदै गरेको १ सय ३२ बोरा चिनीसहितको ट्याक्टर सशस्त्र प्रहरी बल नेपाल नंं.४ गण सुनसरीले नियन्त्रणमा लिएको होे । ट्याक्टरको चालक भने फरार रहेका छन् ।
बरामद चिनी तथा ट्याक्टर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाईएको छ । बरामद चिनीको मुल्य ४ लाख २० हजार ४ सय २० रुपैयाँ र ट्याक्टरको १६ लाख रुपैयाँसहित भन्सार दाखिला मुल्य २० लाख २० हजार ४ सय २० रुपैयाँ कायम रहेको छ ।
जब भाग्यको सूर्य अस्ताउँछ, र समयको जंगल अँध्यारिन्छ, उनीहरू आउँछन् — गजुरविहीन राजाहरूझैँ, ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!