सुनसरीको भलुवाबाट चिनीसहित ट्याक्टर नियन्त्रणमा  

सुनसरी असार १६-सुनसरी जिल्लाको दुहबी नगरपालिका–७ भलुवास्थित सीमा ईलाकाबाट असार १५ गते सशस्त्र प्रहरीले करीव ४ लाख २० हजार ४ सय २० रुपैयाँ बराबरको चिनीसहितको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपले को २ त ५२७९ नंम्बरको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउदै गरेको १ सय ३२ बोरा चिनीसहितको ट्याक्टर सशस्त्र प्रहरी बल नेपाल नंं.४ गण सुनसरीले नियन्त्रणमा लिएको होे । ट्याक्टरको चालक भने फरार रहेका छन् ।

बरामद चिनी तथा ट्याक्टर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाईएको छ । बरामद चिनीको मुल्य ४ लाख २० हजार ४ सय २० रुपैयाँ र ट्याक्टरको १६ लाख रुपैयाँसहित भन्सार दाखिला मुल्य २० लाख २० हजार ४ सय २० रुपैयाँ कायम रहेको छ । 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
16 घण्टा अघि

काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP