काठमाडौं, साउन १३-आज देशभर हिन्दू धर्मावलम्बीहरूले श्रद्धा, भक्ति र परम्पराका साथ नागपञ्चमी पर्व मनाइरहेका छन्। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा नागदेवताहरूको पूजा अर्चना गरी सर्पदंशजस्ता संकटबाट बच्ने कामना गरिन्छ।
नागपञ्चमीका दिन विशेषगरी घरको मूलढोकामा नागको चित्र टाँसी पूजा गर्ने, नागथानमा गई दूध, लावा, अक्षता, दुबो, फूल चढाउने चलन छ। पशुपतिनाथ मन्दिर, नागपोखरी, टौदह, नागदह, सेतीदेवी, भक्तपुरको सत्तल लगायतका स्थानमा आज बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ।
धार्मिक विश्वासअनुसार नागदेवता भगवान शिवका अनुयायी हुन्। शिवको कण्ठमा वासुकी नाग वास गर्ने भएकाले पनि यस पर्वमा शिव र नाग दुवैको पूजा गर्ने गरिन्छ।
महाभारतकालीन सन्दर्भ अनुसार राजा जनमेजयले सर्प यज्ञ गरेर सम्पूर्ण नाग जातिको विनाश गर्न लागेका बेला आस्तिक ऋषिले यज्ञ रोकाएको दिनकै सम्झनामा नागपञ्चमी मनाइन्छ भन्ने किंवदन्ती पनि प्रचलित छ।
यो पर्वले प्रकृति र जीवजन्तुप्रति सम्मान गर्नुपर्ने, सर्पजस्ता वन्यजन्तुहरूको संरक्षण गर्नुपर्ने सन्देश दिन्छ।
काठमाडौँ, माघ १५ - तत्कालीन नालापानी युद्धमा महत्वपूर्ण योगदान पुर्याएका तत्कालीन सेनाका सुवेदार दया ...

प्रतिक्रिया