चर्चामा
कञ्चनपुर (सप्तरी), साउन १०-मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री राजकुमार लेखीले शुक्रबार सप्तरी जिल्लाका दुई नगरपालिका क्षेत्रमा करोडौं रुपैयाँ लागतमा सम्पन्न भएका बहुप्रतिक्षित विकास योजनाहरूको शिलान्यास तथा उद्घाटन गरेका छन्।
गृह, सञ्चार तथा कानून मन्त्रालयको नेतृत्व गरिरहेका मन्त्री लेखीले पहिलो चरणमा सप्तकोशी नगरपालिका–५ गंगाजलीस्थित मन्दिर टोलमा १ करोड रुपैयाँको लगानीमा निर्माण भएको ४५२ मिटर लम्बाइको आरसीसी ढलान सडकको उद्घाटन गरे। स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएको यो सडक सम्पन्न भएसँगै जनतालाई सहज आवागमनको राहत हुने विश्वास लिइएको छ।
त्यसपछि मन्त्री लेखीले सप्तकोशी नगरपालिका–४ र ५ मा निर्माण सम्पन्न भएका अन्य आरसीसी सडकहरू पनि उद्घाटन गरे। यी संरचनाहरूले नगरको भौतिक पूर्वाधार सुदृढ बनाउँदै समग्र जीवनशैलीमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
त्यसैगरी, सप्तकोशी–१ स्थित राष्ट्रिय निम्न माध्यमिक विद्यालय फत्तेपुरको वर्षौंदेखि अधुरो रहेको भवनलाई २५ लाख रुपैयाँको बजेटमा पूर्ण रूपमा निर्माण गरी उद्घाटन गरिएको हो। शिक्षाको पहुँच विस्तारका लागि यो महत्वपूर्ण उपलब्धि भएको स्थानीय शिक्षाप्रेमीहरू बताउँछन्।
मन्त्री लेखीको यही क्रममा कञ्चनरुप नगरपालिका–३ बरमझिया सुब्बाटोलस्थित शंकर माध्यमिक विद्यालयमा ३५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको नयाँ भवनको पनि समुद्घाटन गरियो।
उद्घाटन समारोहहरूमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा कञ्चनरुप नगरपालिकाका पूर्व मेयर वसन्त कुमार मिश्र, स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका नेता, कार्यकर्ता र नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा मन्त्री लेखीले मधेस सरकार विकासप्रति गम्भीर रहेको उल्लेख गर्दै आगामी दिनमा अझ ठूलो योजनाहरू सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाए। उनले भने, “हामी विकासलाई गति दिनेछौं, जनताले अनुभूति गर्न सक्ने काम गरेर देखाउनेछौं।”
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया