काठमाडौं, असार १६— काठमाडौंको नागार्जुन नगरपालिकामा जग्गा प्रकरणमा मन्दिर निर्माणको नाममा गरिएको भ्रष्टाचारमा विशेष अदालतले नगरप्रमुख मोहनबहादुर बस्नेत र कृपालु प्रतिष्ठानका अध्यक्ष राजुप्रसाद कँडेललाई दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले उनीहरूलाई घुस लिने र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा दोषी ठहर गर्दै २२ करोड रुपैयाँ बराबरको बिगो कायम गरेको हो।
अदालतले दिएको फैसलाअनुसार मेयर बस्नेतले कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएका थिए। सो रकममध्ये ६ करोड बराबरको जग्गा, साढे २ करोड नगद, र विवाह भोज खर्चसमेत समावेश छ। कँडेलले उक्त घुस व्यक्तिगत फाइदाका लागि दिएका प्रमाणित भएको अदालतको ठहर छ।
बस्नेतले घुसबापत प्राप्त सम्पत्ति वैधानिक देखाउन जग्गा खरिद लगायत माध्यममार्फत १३ करोडभन्दा बढीको सम्पत्ति शुद्धीकरण गरेको पुष्टि भएको छ। अदालतले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनअनुसार सजायँ तोक्ने जनाएको छ।
कँडेल अध्यक्ष रहेको जगतगुरु कृपालु प्रतिष्ठानले राधाकृष्ण मन्दिर, अस्पताल र पार्क निर्माण गर्ने नाममा सस्तोमा जग्गा प्राप्त गरेको थियो। तर, जग्गा आफ्नो स्वामित्वको कोलोनीमार्फत प्लटिङ गरी बिक्री गरिएको पाइएको छ। मेयर बस्नेतले उक्त परियोजनालाई कर छुटदेखि बाटो निर्माण, ढुंगा–गिट्टी आयातसम्म सहज वातावरण मिलाएका थिए।
अदालतले दोषी ठहर गरेपछि सजाय निर्धारणका लागि असार १६ गतेलाई पेशी तोकेको छ। कानुनअनुसार एक करोडभन्दा बढी घुस लिने प्रमाणित भएमा ८ वर्षदेखि १० वर्षसम्म कैद र बिगोबराबर जरिवाना तोकिने व्यवस्था छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया