सिग्मा कलेज क्यान्टिनमा आगलागी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा नियन्त्रण

सिग्मा कलेज क्यान्टिनमा आगलागी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा नियन्त्रण

काठमाडौं, जेठ ७ – काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा आज बिहान आगलागी भएको छ। ग्यास लिक भएर भएको आगलागीबाट क्यान्टिनभित्र रहेका सामग्री जलेर नष्ट भएको जनाइएको छ।

घटनाको जानकारी पाउनेबित्तिकै सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपानेको कमान्डमा सुरक्षा टोली घटनास्थलमा परिचालन गरिएको थियो। साथै, काठमाडौं महानगरपालिका वारुणयन्त्र (दमकल) न्यू रोडबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको नेतृत्वमा अर्को टोली पनि घटनास्थलमा खटिएको थियो।

सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिइएको हो। बिहान करिब ८ बजे पूर्णरूपमा आगो निभाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP