काठमाडौं, असार ४ -यातायात व्यवस्था कार्यालय, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतमले सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ।
आयोगको अनुसन्धानमा अनुसार, गौतमले २०५५ साल वैशाख ७ गतेदेखि २०७९ साल चैत २४ गतेसम्मको सेवाअवधिमा वैधानिक स्रोतबाट कूल रु. २,८९,२०,२६८।१८ मात्र आम्दानी गरेको देखिएको छ। तर सोही अवधिमा उनी र उनको पारिवारिक एकाइको नाममा रु. ५,४०,९८,९५५।८९ बराबरको सम्पत्ति खर्च र लगानी गरिएको देखिएको छ।
यसरी कूल आय र व्ययबीच रु. २,५१,७८,६८७।७१ बराबरको रकम स्रोत नखुलेको, अर्थात् गैरकानूनी रूपमा आर्जन गरिएको भन्दै गौतमविरुद्ध बिगो बराबरको जरिवाना, कैद सजाय र सम्पत्ति जफतको मागसहित मुद्दा दायर गरिएको हो।
आयोगका अनुसार गौतमले आफ्नो सेवा अवधिमा पारिश्रमिक, भत्ता, शेयर तथा सवारीसाधन बिक्री, ऋण, घर/जग्गा बिक्री, श्रीमती सरला नेपालको आम्दानी, बैंक ब्याज, कृषि तथा भाडाबाट प्राप्त आय समेट्दा पनि सो रकम स्रोतसहित पुष्टि गर्न नसकिएको हो।
यसबाहेक, उनले विभिन्न समयावधिमा अनिवार्य रूपमा बुझाउनु पर्ने सम्पत्ति विवरणमा झुठा विवरण पेश गरेको पुष्टि भएकाले, उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (२) अनुसार छुट्टै कसूर पनि लागाइएको छ।
श्रीमती सरला नेपाल पनि प्रतिवादी
गौतमले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट श्रीमती सरला नेपालका नाममा सम्पत्ति खरिद गरी राखेको पाइएको हुँदा, ती सम्पत्ति जफत गर्नका लागि सरला नेपाललाई समेत प्रतिवादी बनाइएको आयोगले जनाएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ग, २९ (१), प्रचलित ऐन २०५९ को दफा १६, २०, ४७ र अख्तियार ऐन २०४८ को दफा २९ख बमोजिम कारबाही माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया