काठमाडौ ।उपत्यका विकास प्राधिकरणअन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा कार्यरत सव-इन्जिनियर कुमार पौड्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन करोड ६३ लाख २१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
अख्तियारको अनुसन्धानमा पौड्यालले मिति २०५१/०१/०९ देखि २०८०/०३/३१ सम्म वैध आम्दानीभन्दा अत्यधिक खर्च गरी भ्रष्टाचार निवारण ऐन विपरीत कार्य गरेको पुष्टि भएको हो। उनको नाममा वैध आम्दानी रु. २ करोड ५८ लाख ९७ हजार मात्र देखिए पनि खर्च रु. ६ करोड २२ लाख १८ हजार पुगेको पाइएको छ।
उनले घर, जग्गा, सवारी साधन, रेष्टुरेन्ट लगानी, शेयर खरिद, सुन खरिदलगायतमा रकम खर्च गरेको देखिएको छ। सो रकममध्ये केही सम्पत्ति श्रीमती विष्णु मैया पौड्यालको नाममा राखिएको खुल्न आएपछि उनलाई पनि जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।
अख्तियारले पौड्यालमाथि कैद, जरिवाना र गैरकानुनी सम्पत्ति जफतको मागसहित मुद्दा दायर गरेको हो।
काठमाडौँ, माघ १५ - तत्कालीन नालापानी युद्धमा महत्वपूर्ण योगदान पुर्याएका तत्कालीन सेनाका सुवेदार दया ...

प्रतिक्रिया