टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीको गोली प्रहार, दुई भारतीय नागरिक घाइते

२७ जेठ, काठमाडौं । टोखा स्थित ग्राण्डी अस्पताल नजिक लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा अपरेसनमा खटिएको प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। घाइते दुवैजनालाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ।

घाइते हुनेहरूमा भारत पश्चिम बंगाल निवासी ४० वर्षीय सशीक आलम र १८ वर्षीय मोहमद मञ्जियार रहेका छन्। दुवै जनालाई घुँडामुनि गोली लागेको छ। प्रहरीका अनुसार मञ्जियारलाई दुई र सशीकलाई एक गोली लागेको हो। ट्रमा सेन्टरका चिकित्सकहरूका अनुसार दुवैजनाको अवस्था हाल खतरामुक्त रहेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका एसएसपी कृष्ण कोइरालाका अनुसार सुरुमा प्रहरीले सुन्धाराबाट दुई भारतीय नागरिक – १८ वर्षीय सुमीतकुमार र २५ वर्षीय चन्दनकुमार – लाई पक्राउ गरेको थियो। उनीहरूकै बयानका आधारमा टोखा क्षेत्रमा थप अपरेसन सञ्चालन गरिएको हो।

टोखामा अपरेसनका क्रममा प्रहरीले सुरुमा चार राउन्ड हवाई फायर गर्दै उनीहरूलाई आत्मसमर्पण गराउने प्रयास गरेको थियो। तर फरार हुन खोजेपछि प्रहरीले विवश भई घुँडामुनि गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो।

यस घटनाले विदेशी नागरिकहरूको संलग्नतामा लागुऔषध कारोबारको चक्र अझै सक्रिय रहेको संकेत दिएको छ। प्रहरीको अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

  • * * * <a href="https://qiblah.com.kw/index.php?jaclv5">Get Free Bitcoin Now</a> * * * hs=f531a42997d735e2b6cbe8739f26284e* ххх* pazapz@mailbox.in.ua pffr4f
  • * * * Get Free Bitcoin Now: https://qiblah.com.kw/index.php?jaclv5 * * * hs=f531a42997d735e2b6cbe8739f26284e* ххх* pazapz@mailbox.in.ua pffr4f
  • सम्बन्धित समाचार

    सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
    4 बर्ष अगाडि

    १९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

    छुटाउनुभयो कि ?

    TOP