२७ जेठ, काठमाडौं । टोखा स्थित ग्राण्डी अस्पताल नजिक लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा अपरेसनमा खटिएको प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। घाइते दुवैजनालाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ।
घाइते हुनेहरूमा भारत पश्चिम बंगाल निवासी ४० वर्षीय सशीक आलम र १८ वर्षीय मोहमद मञ्जियार रहेका छन्। दुवै जनालाई घुँडामुनि गोली लागेको छ। प्रहरीका अनुसार मञ्जियारलाई दुई र सशीकलाई एक गोली लागेको हो। ट्रमा सेन्टरका चिकित्सकहरूका अनुसार दुवैजनाको अवस्था हाल खतरामुक्त रहेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका एसएसपी कृष्ण कोइरालाका अनुसार सुरुमा प्रहरीले सुन्धाराबाट दुई भारतीय नागरिक – १८ वर्षीय सुमीतकुमार र २५ वर्षीय चन्दनकुमार – लाई पक्राउ गरेको थियो। उनीहरूकै बयानका आधारमा टोखा क्षेत्रमा थप अपरेसन सञ्चालन गरिएको हो।
टोखामा अपरेसनका क्रममा प्रहरीले सुरुमा चार राउन्ड हवाई फायर गर्दै उनीहरूलाई आत्मसमर्पण गराउने प्रयास गरेको थियो। तर फरार हुन खोजेपछि प्रहरीले विवश भई घुँडामुनि गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो।
यस घटनाले विदेशी नागरिकहरूको संलग्नतामा लागुऔषध कारोबारको चक्र अझै सक्रिय रहेको संकेत दिएको छ। प्रहरीको अनुसन्धान जारी रहेको छ।
काठमाडौं, असार २५ — गुहेश्वरिमन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा बुधबार बिहान गुह्येश्वरी ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!