तेह्रथुम, फेदाप गाउँपालिका–२ निवासी ४५ वर्षीय महाप्रसाद दुलाल अहिले आन्द्रा बटारिने गम्भीर रोगसँग ज्यान बचाउने संघर्षमा छन्। उनको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ, तर उपचारका लागि आवश्यक खर्च जुटाउन नसक्दा उनी बिरामी शरिर बोकेर पीडामा छटपटाइरहेका छन्।
छ महिनाअघि यही रोग देखिएपछि गाउँघर, छरछिमेक, साथीभाइ र केही ऋणको भरमा बिराटनगरस्थित नोबेल अस्पतालमा पहिलो शल्यक्रिया गरिएको थियो। त्यसपछि केही समय सामान्य देखिए पनि अहिले फेरि आन्द्राको अर्को भागमा समस्या देखिएको चिकित्सकहरूले बताएका छन्। चिकित्सकको भनाइ अनुसार, यथाशीघ्र दोस्रोपटक शल्यक्रिया नगरे ज्यानसमेत जोखिममा पर्न सक्छ।
महाप्रसादमाथि अहिले चार नाबालक सन्तान (१४, ११, ८ र ३ वर्षका) र ८० वर्षका वृद्ध बुबा लेखप्रसाद दुलालको जिम्मेवारी छ। उनकी श्रीमतीको तीन वर्षअघि निधन भएको थियो। उनका पिता स्वयं घुँडाको गम्भीर समस्याबाट ग्रसित छन्। यस्तो अवस्थामा, परिवार पाल्न, बालबालिकाको हेरचाह गर्न, वृद्ध बुबाको सेवा गर्नु र एकैसाथ रोगसँग लड्नु एक सामान्य नेपाली नागरिकको लागि असम्भव जस्तै बनिरहेको छ।
महाप्रसादले मनकारी दाताहरू, सहयोगी हातहरू र समाजका संवेदनशील मनहरूलाई आफ्नो जीवन जोगाउन सानोतिनो आर्थिक सहयोगको अपिल गरेका छन्।
🙏 सहयोग गर्न चाहनेले तलको विवरणमा आर्थिक सहयोग गर्न सक्नुहुन्छ:
Account Name: HARI PRASAD DULAL
Bank: EVEREST BANK LTD.
Branch: ITAHARI
Account No.: 00800501205573
📢 शेयर गरौं, साथ दिऔं, बचाऔं एउटा जीवन !
इटहरी, असार २५– इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको कार्यशैलीमाथि चौतर्फी विरोध भएको ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!