काठमाडौँ, जेठ २६ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा लामो समयसम्म सेवा गरेका रामबाबु महतो उर्फ रामबाबु महतो कोइरीविरुद्ध रु. ४ करोड ५८ लाख ९७ हजार ४०३.८८ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।
आयोगद्वारा सञ्चालित विस्तृत अनुसन्धान अनुसार महोत्तरी निवासी महतोले २०४६ सालदेखि २०७८ सालसम्म सार्वजनिक सेवामा कार्यरत रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गर्दै भ्रष्टाचारमा संलग्न भएको ठहर गरिएको छ। उनले सो अवधिमा वैध आय रु. ३ करोड ३७ लाख ७९ हजार मात्र देखाइएका छन् भने सोही अवधिमा ७ करोड ९६ लाख ७६ हजार भन्दा बढी खर्च तथा लगानी गरेको खुलेको छ। सोअनुसार रु. ४ करोड ५८ लाखभन्दा बढीको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकिएको आयोगको भनाइ छ।
अनुसन्धानका क्रममा महतोको बैंक खाता विवरण, चेक भौचर, सहकारी संस्था विवरण, बीमा कम्पनी, विद्यालय शुल्क, सम्पत्ति विवरण फाराम लगायतका कागजात संकलन गरी विश्लेषण गरिएको थियो। सोही आधारमा महतोले अस्वाभाविक उच्च जीवनशैली यापन गरेको पुष्टि भएको आयोगको दाबी छ।
यसैबीच, आयोगले रामबाबु महतोले आफ्नी श्रीमती माला कुमारी महतोको नाममा खरिद गरिएका जग्गा, शेयर, घर निर्माण र बैंक मौज्दातसमेत गैरकानूनी सम्पत्तिबाट आर्जन गरिएको भन्दै सो सम्पत्ति जफत गर्न माग गर्दै माला कुमारीलाई समेत प्रतिवादीको रूपमा मुद्दामा समावेश गरेको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२), १६(२), ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम कैद सजाय, बिगोअनुसार जरिवाना र सम्पत्ति जफतको माग गर्दै आरोपपत्र दायर गरेको हो।
इटहरी, असार २५– इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको कार्यशैलीमाथि चौतर्फी विरोध भएको ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!