काठमाडौं, जेठ २६-विज्ञापन प्रकाशन नगरी बिल भुक्तानी लिएको आरोपमा जनसवाल पब्लिकेशन प्रालिका सम्पादक रामजी बगालेसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
फतुवा विजयपुर नगरपालिका–४, रौतहटमा कृषकहरूलाई औषधि स्प्रे ट्यांकी वितरण गर्ने क्रममा सूचना पत्रिकामा प्रकाशित नै नगरी नक्कली प्रति र बिलका आधारमा रकम भुक्तानी गरिएको अख्तियारको निष्कर्ष छ। अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गर्दै संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरेको हो।
मुद्दा दायर हुनेमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, तत्कालीन सहलेखापाल नवीनकुमार यादव, तराईं पोष्टका प्रतिनिधि ओमप्रकाश यादव, जनसवालका सम्पादक रामजी बगाले, र तराईं पोष्टका प्रकाशक रूपेन्द्र पटेल छन्।
अख्तियारका अनुसार पालिकाले आर्थिक वर्ष २०७८/७९ मा स्प्रे ट्यांकी वितरणका लागि सूचना जनसवाल राष्ट्रिय दैनिकमा माघ २० गते र बोलपत्र स्वीकृत भएको सूचना फागुन २७ मा तराईं पोष्टमा प्रकाशित गरेको दाबी गरेको थियो। तर प्रेस काउन्सिल नेपालले दुवै पत्रिकामा सूचना प्रकाशित भएको प्रमाण नभएको पुष्टि गरेको छ।
सूचना नछापी नक्कली प्रति र बिल बनाइ कर कट्टी गरी जनसवाललाई १ लाख ७२ हजार ८२५ रुपैयाँ र तराईं पोष्टलाई ३९ हजार ४ सय रुपैयाँ गरी कुल २ लाख १२ हजार २२५ रुपैयाँ भुक्तानी गरिएको देखिएको अख्तियारको दाबी छ।
अख्तियारले सम्पादक बगालेलाई ‘मतियार’ ठहर गर्दै सोही रकम बराबर बिगो कायम गर्दै दोषी सरहको सजाय माग गरेकोछ। प्रमुख प्रशासकीय अधिकृत र सहलेखापाललाई तीन वर्ष कैद, बिगो असुल र त्यसअनुसार जरिवानाको माग गरिएको छ। सरकारी कागजात केरमेट गरेको आरोपमा उनीहरूविरुद्ध थप तीन महिनादेखि दुई वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना माग गरिएको छ।
प्रकाशक रूपेन्द्र पटेल र प्रतिनिधि ओमप्रकाश यादवलाई पनि मुख्य दोषी सरहको सजाय माग गर्दै मुद्दा अघि बढाइएको छ।
इटहरी, असार २५– इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको कार्यशैलीमाथि चौतर्फी विरोध भएको ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!