डेढ दशक पुरानो युनिटी ठगी प्रकरणमा सर्वोच्चबाट दोषी ठहर, सञ्चालकहरूलाई कैद र जरिवाना

काठमाडौं, वैशाख ३ – डेढ दशकअघि सार्वजनिक चासोको केन्द्र बनेको युनिटी नेटवर्किङ व्यवसायसम्बन्धी ठगी प्रकरणमा संलग्न सञ्चालकहरूलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले युनिटीका प्रमुख पदाधिकारीहरूलाई कैद र जरिवानाको सजाय सुनाएको हो।

सर्वोच्च अदालतको फैसलामा युनिटीका अध्यक्ष काशीराम गुरुङ र सञ्चालक भीमबहादुर गुरुङलाई २ वर्ष ६ महिना कैद२५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। यस्तै, महाप्रबन्धक शिशिर योगी र निर्देशक विश्वनाथ गौतमलाई १ वर्ष कैद१० हजार रुपैयाँ जरिवाना सुनाइएको छ। सञ्चालकहरू इन्द्रबहादुर विश्वकर्मा, नेत्र राजवंशी, कृष्णबहादुर क्षेत्री, महेन्द्र केसी र दिवंगत विष्णुबहादुर क्षेत्रीलाई पनि साढे २ वर्षको कैद सजाय र २५/२५ हजार जरिवाना तोकिएको छ।

सन् २०१० तिर चर्चामा आएको युनिटीले पिरामिड शैलीमा नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै ३ लाख ६६ हजार सदस्यबाट ३ अर्ब ७९ करोड रुपैयाँ ठगी गरेको आरोपमा अनुसन्धान थालिएको थियो। उक्त कम्पनीले बिना अनुमति बीमा स्किम सञ्चालन गर्नुका साथै, कर छल र कम्पनी ऐन उल्लंघनजस्ता कार्य गरेको प्रमाणित भएको थियो।

२०७० सालमा ललितपुर जिल्ला अदालतले १२ सञ्चालकलाई दोषी ठहर गर्दै ३ वर्ष कैद र १ करोड ६ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। सो फैसलालाई उल्टाउँदै उच्च अदालत पाटनले सफाइ दिएको थियो। तर सर्वोच्च अदालतले सो सफाइ फैसला उल्टाउँदै दोषी ठहर गर्दै सजाय कायम राखेको हो।

प्रहरी र राजस्व अनुसन्धान विभागको संयुक्त छानबिनका आधारमा मुलुकभरका विभिन्न अदालतमा ११२ जनाविरुद्ध मुद्दा दायर भएको थियो। युनिटीका तत्कालीन अध्यक्ष काशीराम गुरुङसहित २३ जना थुनामा र ८१ जना फरार थिए।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
एक घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP