गण्डकी कोटिहोममा विजयकृष्ण मुर्तीको नेतृत्वमा ऐतिहासिक महाउत्सव

पोखरा, बिरौटा — नेपालको धार्मिक, सांस्कृतिक र आध्यात्मिक चेतनालाई पुनः जागृत गराउँदै गण्डकी प्रदेशको मुटुमा हाल एक अद्वितीय आध्यात्मिक महाउत्सव भव्य रूपमा सञ्चालन भइरहेको छ। बिरौटा, पोखरास्थित गण्डकी कोटिहोममा चलिरहेको सतसय ग्यान महायज्ञले सम्पूर्ण सनातन अनुयायीहरूको ध्यान तानेको छ। हजारौं श्रद्धालुहरू दैनिक रूपमा पूजापाठ, कथा, आरती, दान र सत्सङ्गमा सहभागी भइरहेका छन्।

गण्डकी कोटिहोमको यो अध्यात्मिक जागरणको मूल प्रेरणा हुन्— विजयकृष्ण मुर्ती महाराज, जसले नेपाली समाजमा धर्म, सेवा र समर्पणको उच्चतम आदर्श स्थापित गर्दै आएका छन्। पोखरामा सञ्चालन भइरहेको महायज्ञ जेठ २६ गतेसम्म जारी रहनेछ, जसमा लाखौं श्रद्धालुहरूको सहभागिता अपेक्षित गरिएको छ।

विजयकृष्ण मुर्ती महाराजको जीवन स्वयंमा एक गहिरो प्रेरणा हो। उहाँले विगत दुई दशकदेखि भोखा, नाङ्गा, असहाय, अपांग, अनाथ र पीडितहरूको सेवामा आफूलाई समर्पित गर्दै आउनुभएको छ। उहाँका लागि धर्म केवल पूजा वा मन्त्र होइन, धर्म भनेको सेवा हो, समर्पण हो, सहयोग हो। उहाँले अनगिन्ती बालबालिकालाई शिक्षा र पालनपोषण दिएका छन्, असहाय वृद्धवृद्धालाई छोराछोरीको माया दिएका छन्, नारीहरूलाई माइतीको भरोसा र युवाहरूलाई जीवनको उद्देश्य प्रदान गरेका छन्।

तर यो यात्रामा उहाँले सजिलो बाटो भेट्नुभएन। असत्य र स्वार्थमा लिप्त शक्तिहरूबाट उहाँमाथि अनेकौं षड्यन्त्र र आक्षेप लगाइए। उहाँको चरित्र हत्या गरिन खोजियो, धम्क्याइयो, अपमानित गरियो। तर उहाँको अडिग आस्था, शुद्ध संकल्प र धर्मप्रति अटुट निष्ठाले ती सबै चुनौतीहरूलाई परास्त गर्‍यो।

आज विजयकृष्ण मुर्ती महाराज कुनै साधारण व्यक्ति होइनन्—उहाँ धर्म, मानवता र चेतनाको प्रतीक बन्नुभएको छ। उहाँले आफ्नो कर्म, वाणी र दर्शनबाट समाजमा एउटा नयाँ सोच ल्याउनुभएको छ— धर्मको मूल आत्मा सेवा हो। उहाँका कार्यक्रमहरूमा केवल पूजा, यज्ञ वा भजन मात्र हुँदैन, त्यहाँ असहायहरूको भोजन, बालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्यजस्ता सामाजिक क्रियाकलापहरू पनि समावेश हुन्छन्।

पशुपति कोटिहोम पछि हालको गण्डकी कोटिहोम पनि यही अद्वितीय परम्पराको निरन्तरता हो। यस कोटिहोममा हिन्दू धर्मका प्रमुख शास्त्रहरू— श्रीमद्भागवत, रामायण, भगवद्गीता—को गहिरो व्याख्या हुन्छ। देश–विदेशबाट आएका साधुसन्त, राजनेता, कलाकार, पत्रकार, चिकित्सक, युवा र वृद्ध सबैले यहाँबाट आध्यात्मिक र नैतिक प्रेरणा लिइरहेका छन्।

महाउत्सवको वातावरण अत्यन्त पवित्र, भव्य र अनुशासित छ। भजनकीर्तनको गुञ्जन, आरतीको उज्यालो, यज्ञको धुवाँ र कथा श्रवणको शान्तिले सम्पूर्ण वातावरण आध्यात्मिक बनाएको छ। गण्डकी कोटिहोममा एउटा यस्तो ऊर्जाशील वातावरण बनिरहेको छ, जसले मानिसलाई केवल धर्मप्रति मात्र होइन, समाजप्रति पनि उत्तरदायी बनाइरहेको छ।

श्रद्धालुहरू भन्छन्—“यो केवल एक धार्मिक कार्यक्रम होइन, यो आत्मशुद्धि र सामाजिक उत्तरदायित्वको यात्रा हो।” धेरै युवाहरू यहाँ आएर स्वयंसेवामा सहभागी छन्। कतिले भोजन व्यवस्था मिलाइरहेका छन्, कतिले पार्किङ, कतिले सुरक्षा र कतिले अभिभावकविहीन बालबालिकाको सेवा गरिरहेका छन्।

कोटिहोमले एउटा उदाहरणीय मोडेल प्रस्तुत गरिरहेको छ— धर्म केवल मन्दिरको पर्खालभित्र सीमित हुँदैन, धर्म भनेको समाजभित्र सेवा गर्न सक्नु हो।

पोखरामा सञ्चालन भइरहेको यो महाउत्सवले नेपालका अन्य भागमा पनि आध्यात्मिक लहर फैलाइरहेको छ। सामाजिक सञ्जालमा यसको प्रसारणले लाखौं मानिसहरूलाई आकर्षित गरिरहेको छ। विभिन्न देशका हिन्दू समाजहरूले गण्डकी कोटिहोमसँग जोडिने इच्छा व्यक्त गरिरहेका छन्।

यस धार्मिक, सांस्कृतिक र सामाजिक महाउत्सवका प्रमुख अगुवा विजयकृष्ण मुर्ती महाराजलाई रेड मिडियाको तर्फबाट कोटिकोटी नमन प्रकट गर्दछ। उहाँले धर्मको रक्षा मात्र होइन, समाजमा सेवा र समर्पणको चेतना फैलाउनुभएको छ। उहाँका यस्ता प्रयासहरू नेपाली समाजको नैतिक पुनर्जागरणको आधार बन्ने निश्चित छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP