काठमाडौँ,बैशाख १-सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई भक्तपुरको लोकन्थलीबाट रु. ५ लाख ७० हजार नगदसहित नियन्त्रणमा लिएको हो।
प्राप्त सूचनाका अनुसार यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनमा सेवाग्राहीसँग रिश्वत माग गरिरहेका थिए। उजुरीको आधारमा अख्तियारले निगरानी तथा आवश्यक अनुसन्धानपछि उनलाई नगदसहित पक्राउ गरेको जनाएको छ।
बिहिवार मध्यपुर ठिमी नगरपालिका वडा नं. १, लोकन्थलीमा भएको हो। अख्तियारले यादवमाथि थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ।
प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यो घटनाले भ्रष्टाचारविरुद्धको सरकारी अभियान अझ कडाइका साथ अघि बढ्ने संकेत दिएको छ। अख्तियारले सेवाग्राहीलाई पीडा हुने गरी कार्य सम्पादन गर्ने सरकारी कर्मचारीहरूलाई कारवाही गरिरहने प्रतिबद्धता पनि दोहोर्याएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया