काठमाडौँ, जेठ २ –कुनै समय १८–१८ घन्टा लोडसेडिङ व्यहोरेका नेपाली जनताले केही वर्ष बत्तीको उज्यालोमा सास फेर्ने बानी बनाइसकेका थिए। तर पछिल्लो केही सातादेखि देशभर फेरि अन्धकारको त्रास फैलिन थालेको छ। बिनाकारण, बिना पूर्वसूचना, घण्टौँ बत्ती जाँदा जनताको धैर्यको बाँध अब चुँडिन थालेको छ।
"के फेरि उही अन्धकारको दिन फर्किन्छ?"
"जनतालाई घाम र पानी जस्तै बत्ती चाहिन्छ, तर सरकार गम्भीर छैन।"
"विद्युत् प्राधिकरण मौन छ, मन्त्रीहरू विदेश भ्रमणमै व्यस्त छन्।"
— यस्ता वाक्य अब सामाजिक सञ्जाल र सडकमा सामान्य सुनिन्छन्।
काठमाडौँका एक व्यवसायी भन्छन्, “बिजुली नभएर हाम्रो साना उद्योगहरू धरासायी हुँदैछन्। दैनिक लाखौँ घाटा बेहोरिरहेका छौं। यो स्थिति सह्य छैन।”
घरगृहस्थी चलाउने आमाहरूदेखि छात्रछात्रासम्म आज सबैजना आक्रोशित छन्।
उनीहरू भन्छन्, “लोडसेडिङ अन्त्य भयो भन्ने दावी गरिएकै सरकार हो, अब फेरि अन्धकार ल्याउने जिम्मेवार को हो?”
नेपाल विद्युत् प्राधिकरणले अहिलेको समस्या 'प्राविधिक' भन्दै पन्छिने प्रयास गरेको छ। तर आमजनताले प्रष्ट बुझिसकेका छन्—यो असक्षमता, बेवास्ता र अकर्मण्यताको परिणाम हो। जनताले प्रश्न गरिरहेका छन्:
– जलविद्युत उत्पादनमा करोडौँ लगानी कहाँ गयो?
– विदेशी निर्यातका लागि विद्युत् छ, तर आफ्ना नागरिक अन्धकारमा किन?
सरकारका मन्त्रीहरू यतिबेला मौन छन्। जिम्मेवार निकायले कुनै ठोस योजना सार्वजनिक गरेको छैन। जनता बुझ्न चाहन्छन्—सरकार जनताको समस्या सुल्झाउने कि सधैंजसो जस्तै मुख बन्द गरेर बस्ने?
नेपाल फेरि अन्धकारमा जानु केवल बत्तीको समस्या होइन, यो नेतृत्वको असफलता र उत्तरदायित्वको अभावको गम्भीर संकेत हो।
काठमाडौं, जेठ २९-नेता, कर्मचारी र ठेकेदारपछि अब पत्रकारहरू पनि व्यापक रूपमा भ्रष्टाचारको फन्दामा पर् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!