काठमाडौं,३० चैत्र-नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिव मेघनाथ भुर्तेलले आफ्नो कार्यकालको समापन गर्दै भावुक धन्यवाद सन्देश जारी गरेका छन्। करिब २६ महिनासम्म महासचिवको भूमिकामा रहेर व्यवसायी समुदायको हितमा समर्पित रहेका भुर्तेलले आफूलाई साथ, समर्थन र विश्वास गर्ने सम्पूर्ण व्यवसायी साथीहरूप्रति गहिरो आभार प्रकट गरेका छन्।
धन्यवाद सन्देशमा उनले लेखेका छन्, "मैले आफ्नो पदीय जिम्मेवारीलाई व्यवसायी ज्यूहरूले मप्रति गरेको विश्वास र भरोसा अनुरूप पूरा गर्ने प्रयास गरेँ। न्याय गर्न सकें वा सकिन, त्यो निर्णय आदरणीय व्यवसायी ज्यूहरूले गरिरहनुभएको होला भन्ने विश्वास छ।"
भुर्तेलले आफ्नो कार्यकालभरि व्यवसायी हितका लागि संघर्षरत रहँदै विविध कार्यक्रम, नीतिगत पहल, समन्वय र सहकार्यमा केन्द्रित भई काम गरेको उल्लेख गरेका छन्। उनले संघीय तहदेखि कार्यपालिका र सरोकारवाला निकायहरूसँग व्यवसायीका आवाज पुर्याउने जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको बताए।
उनले भनेका छन्, "जाँदा जाँदै यही प्रतिवद्धता दोहोर्याउन चाहन्छु कि म भविष्यमा पनि सधैं व्यवसायी हितका मुद्दामा सक्रिय रहनेछु। संघको समृद्धि, पारदर्शिता र व्यवसायीहरूको हकहितका पक्षमा मेरो आवाज निरन्तर उठिरहनेछ।"
भुर्तेलले वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी, कार्यसमिति पदाधिकारी, सदस्य साथीहरू, नागरिक समाज, सञ्चारकर्मीहरू तथा सबै सरोकारवालाहरूलाई विशेष धन्यवाद व्यक्त गरेका छन्। उनले संघले पुर्याएको योगदान र आफ्नो कार्यकाललाई एक अवसरका रूपमा स्मरण गरेका छन्।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया