काठमाडौं, बैशाख २७ – बाल प्रतिभालाई उजागर गर्ने राष्ट्रियस्तरको १४औं लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल प्रतियोगितामा काठमाडौंको ड्याफोडिल बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत छात्रा देवांशी राज्य लक्ष्मी शाहले उल्लेखनीय सफलता हात पार्दै उत्कृष्ट नृत्य, उत्कृष्ट पोशाक तथा चौथो रनरअपको उपाधि जितेकी छन्।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गर्दै आएको यस प्रतियोगिता बालबालिकाको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र सिर्जनशीलता अभिव्यक्तिको सशक्त माध्यमको रुपमा लिइन्छ। प्रतियोगितामा देशका विभिन्न क्षेत्रबाट सहभागी भएका दर्जनौं बालबालिकाबीच शाहले आफ्नो प्रस्तुति, हाउभाउ र आत्मविश्वासका माध्यमबाट निर्णायकको ध्यान आकर्षित गर्न सफल भइन्।
उक्त प्रतियोगितामा नृत्यतर्फ शाहको आकर्षक प्रस्तुति विशेष चर्चा र प्रशंसा योग्य रह्यो। त्यससँगै उनको सांस्कृतिक झल्किने पोशाकले पनि निर्णायकहरूलाई प्रभावित पार्यो। उनको समग्र प्रस्तुति, आत्मविश्वास र व्यवहारगत भावनाले उनलाई चौथो रनरअपको उपाधिसम्म पुर्यायो।
प्रतियोगिता अवधिभर अभिभावक, विद्यालय र आयोजकबीच समन्वयात्मक वातावरण सिर्जना गरिएको थियो। देवांशीले प्राप्त गरेको यो सफलता उनको प्रतिभाको मान्यता मात्र नभई आगामी दिनमा नेपाली बाल प्रतिभाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त उपस्थिति जनाउन सक्ने सम्भावनाको संकेत हो।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया