गण्डकी कोटिहोममा पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु

गण्डकी कोटिहोममा पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु

पोखरा, बैशाख २९– पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन आइतबारदेखि सुरु भएको छ।

वाल्मीकि श्रीराम कथा वाचक आचार्य पराकुशजीको विदाईसँगै दिनबन्धुको सातदिने प्रवचन कार्यक्रम सुरु गरिएको हो। उनी आफ्नै झाँकी तथा संगीत समूहसहित उपस्थित भएका छन्। प्रवचन जेठ ६ गतेसम्म चल्ने कार्यक्रम रहेको छ।

आयोजकका अनुसार पं. पोखरेलले धार्मिक ज्ञान, सांस्कृतिक चेतना र सामाजिक समरसता प्रवर्द्धन गर्ने उद्देश्यसहित कथा वाचन सुरु गरेका हुन्। महायज्ञमा दिनप्रतिदिन देशभरबाट हजारौं श्रद्धालुहरूको उपस्थिति रहेको छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP