काठमाडौं, वैशाख २८ – नेपाली संगीत क्षेत्रले नयाँ भावुक गीत ‘एउटै मुटु’ प्राप्त गरेको छ। गीत सोम गुरुङको अफिसियल युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको हो।
गीतमा गायक सुबास घतानीको स्वर रहेको छ। शब्द अविनाश शंकर र देवेन्द्र नेवाले लेखेका हुन् भने संगीत संयोजन पनि देवेन्द्र नेवाकै रहेको छ।
गीतको भिडियोमा स्मारिका ढकाल र रमेश दियालीले अभिनय गरेका छन्। निर्देशक प्रकाश धितालको निर्देशनमा तयार भएको भिडियोको सम्पादन टेकेन्द्र साहले गरेका हुन्।
गीत प्रेम र भावनात्मक सम्बन्धको कथामा आधारित रहेको छ। भिडियोमा प्रयोग भएका दृश्य, अभिनय, निर्देशन र सम्पादनले गीतको भावनालाई बलियो बनाएको छ।
उक्त गीत ‘Som Gurung Official’ युट्युब च्यानलमा हेर्न सकिने छ।
काठमाडौं, जेठ २६-विज्ञापन प्रकाशन नगरी बिल भुक्तानी लिएको आरोपमा जनसवाल पब्लिकेशन प्रालिका सम्पादक र ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!