काठमाडौं, ३० चैत्र -नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) को नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक मञ्चको तालमेलमा बनेको प्यानलले अध्यक्षसहित १३ पदमा विजय हासिल गरेको छ।
संघको अध्यक्ष पदमा भुवनसिंह गुरुङ ६१ मतको अन्तरसहित विजयी भएका छन्। उनले ४२८ मत प्राप्त गर्दा प्रतिस्पर्धी नरेश गेलालले ३६७ मत ल्याएका थिए।
प्रथम उपाध्यक्ष पदमा सुजित कुमार श्रेष्ठ ३७५ मतसहित निर्वाचित भए। सोही पदमा प्रतिस्पर्धा गरेका नरेन्द्रप्रसाद ढकालले ३०२ र अख्तर हुसेनले १०१ मत प्राप्त गरे।
द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली ४०२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी मधुकर रिजालले ३७८ मत प्राप्त गरे। तृतीय उपाध्यक्षमा बैकुण्ठ पौडेल वैभव ४३५ मतसहित विजयी भए भने प्रतिस्पर्धी हर्कबहादुर लिम्बूले ३५० मत ल्याए।
महासचिव पदमा महेशकुमार बस्नेत ४२३ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी कर्णराज कटुवालले ३६२ मत प्राप्त गरे। सचिव पदमा कुन्छा दोर्जे डिङ्दोङ ३७४ मतसहित विजयी हुँदा अनिल बोगटीले ३११ र ईश्वर सापकोटाले ९३ मत पाए।
कोषाध्यक्ष पदमा भने नरेश गेलाल प्यानलका उम्मेदवार धनु सिंजाली ४२८ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी बिक्रम श्रेष्ठले ३५७ मत प्राप्त गरे।
कार्यसमिति सदस्यतर्फ विजयी उम्मेदवारहरूको मत विवरण यस प्रकार छ:
रेखा शर्मा – ४४७
कृष्ण ढकाल – ४४२
भरत सापकोटा – ४३५
राज लामा तामाङ – ४२७
सुवर्ण लामा – ४०९
रमा खड्का – ३८८
देवीप्रसाद गिरी – ३७७
विद्यालक्ष्मी बज्राचार्य – ३५३
सुमनराज पाण्डे – ३४३
हिमा गुरुङ – ३४९
निर्वाचन सम्पन्न भएको भोलिपल्टै शनिबार बिहान निर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ लिए।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया