सुनसरीको वेलाहाबाट लागूऔषधसहित तीन जना नियन्त्रणमा

सुनसरी — सुनसरी जिल्लाको कोशी गाउँपालिका–१ स्थित सीमा क्षेत्र वेलाहा बजारबाट सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेकामध्ये रामधुनी नगरपालिका–२ धमौराका २४ वर्षीय शिवशंकर चौधरी, धरान उपमहानगरपालिका–५ का २७ वर्षीय बुस्तन लिम्बु, र धरान–११ की २५ वर्षीया संगिता तामाङ रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट लौकहीबाट खटिएको सुरक्षा टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३९ प ३५४२ नम्बरको मोटरसाइकलमा आएका शिवशंकर चौधरीको साथबाट ५ ग्राम २१ मिलिग्राम लागूऔषध (खैरो हेरोइन) चैत्र २८ गते बरामद गरेको हो।

त्यसैगरी, बुस्तन लिम्बु र संगिता तामाङको साथबाट चैत्र २७ गते ८ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट अन्य केही सामग्रीसमेत बरामद गरिएको र बरामद लागूऔषध, मोटरसाइकल तथा अन्य सामानसहित तीनै जनालाई आवश्यक कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP