पोखरा ,बैशाख २६ – धार्मिक संगीतप्रेमी तथा रामभक्तका लागि अत्यन्त प्रतीक्षित भजन “जय श्रीराम” को भव्य भिडियो शुक्रबार दिउँसो सार्वजनिक गरिएको छ। पोखराको गण्डकी कोटिहोममा आयोजित विशेष आध्यात्मिक समारोहका बीच बालयोगेश्वर विजय कृष्ण मुर्ति महाराजको पवित्र हस्तबाट भजन भिडियोको औपचारिक विमोचन गरिएको हो।
दिउँसो ठीक १:१५ बजे “बिष्णु माया पौडेल युट्युब च्यानल” मार्फत विश्वभर एकसाथ प्रसारण गरिएको उक्त भजनको प्रारम्भ “हरपल लिन्छु प्रभुकै नाम, हृदयमा बास छ सिताराम” भन्ने भावयुक्त हरफबाट सुरु हुन्छ। स्थायीको रूपमा दोहोरिने “जय श्रीराम” ले सम्पूर्ण भजनमा भक्तिभाव र ऊर्जा भरिदिएको छ।
पोखरा, जनकपुर र काठमाडौंको बत्तिसपुतलीस्थित श्रीराम मन्दिरमा रेड क्यामरा हेलियम प्रविधि प्रयोग गरी छायांकन गरिएको यो भजनको शब्द, संगीत र भिडियो निर्देशन रेड मिडियाका कार्यकारी सम्पादक आरबी केसीको रहेको छ।यो हालसम्मकै उच्च बजेटमा निर्माण गरिएको नेपाली राम भजन हो।
भजनमा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी र रेड मिडियाकी प्रधान सम्पादक बिष्णु माया पौडेल को आवाजले आध्यात्मिक भाव थप बलियो बनाएको छ। कोरसमा आरबी केसी र हेमन्त भट्टराईको सशक्त साथले अडियोलाई झनै सशक्त बनाएको छ।
भिडियोको प्रमुख भूमिकामा रहेका कमल ढकालको अभिनयले रामभक्ति र कृपाले जीवनमा ल्याएको रूपान्तरणलाई हृदयस्पर्शी ढंगले प्रस्तुत गरेकोछ। निर्देशकद्वारा व्यक्त भाव अनुसार, यो भिडियो युवाहरूमा धर्मप्रति आकर्षण र समाज रूपान्तरणको प्रेरणाको स्रोत बन्ने विश्वास लिइएको छ।
भजनको कोरियोग्राफी एसके श्रेष्ठ र सम्पादन टेकेन्द्र साह ले गरेका हुन्। अडियो विमोचन समारोहमा विजय कृष्ण मुर्ति महाराज र अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले संयुक्त रूपमा भजन बजाएर दिएको आशिर्वाद समेत भिडियोमा समावेश गरिएको छ, जसले भिडियोलाई थप जीवन्त बनाएको छ।
रामप्रेम, संगीत र समर्पणको समिश्रणमा निर्मित “जय श्रीराम” भजनले नेपाली भक्तिपूर्ण सांगीतिक क्षेत्रमा एउटा गहिरो छाप छोड्ने विश्वास निर्माण पक्षले वताएकोछ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया