जय श्रीराम भजनको भव्य भिडियो आज दिउँसो गण्डकी कोटिहोमबाट विश्वभर सार्वजनिक"हुने

पोखरा, बिरौटा २६ – हालसम्मकै उच्च लगानीमा निर्माण गरिएको हृदयस्पर्शी राम भजन “जय श्रीराम” को भिडियो आज शुक्रबार सार्वजनिक हुँदैछ। पोखराको गण्डकी कोटिहोममा आयोजना गरिएको विशेष कार्यक्रममार्फत बालयोगेश्वर विजय कृष्ण मुर्ति महाराजको पवित्र हस्तबाट भिडियोको औपचारिक उद्घाटन गरिने निर्माण पक्षले जानकारी दिएको छ।

दिउँसो ठीक १:१५ बजे बिष्णु माया पौडेल युट्युब च्यानल मार्फत बिश्वभर एकसाथ प्रसारण गरिने यस भजनको प्रारम्भ “हरपल लिन्छु प्रभुकै नाम, हृदयमा बास छ सिताराम” बाट सुरु हुन्छ। प्रत्येक अन्तरपछिको “जय श्रीराम” स्थायीले भजनलाई मर्मस्पर्शी र उर्जा प्रदान गर्ने बनाएको छ, जसले गर्दा दर्शक/श्रोताहरू भजनको लयमा छमछम नाच्न बाध्य हुनेछन्।

पोखरा, जनकपुर र काठमाडौंको बत्तिसपुतलीस्थित श्रीराम मन्दिरमा रेड क्यामरा हेलियम प्रविधि प्रयोग गरी छायांकन गरिएको यस भजनको शब्द, संगीत र निर्देशन रेड मिडियाका कार्यकारी सम्पादक आरबी केसीको रहेको छ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी र रेड मिडियाकी प्रधान सम्पादक बिष्णु माया पौडेलको स्वरले भजनमा गहिरो आध्यात्मिक भाव भरिएको छ। गायक/गायिकाको साथमा स्वयं आरबी केसी र हेमन्त भट्टराईले कोरसमा स्वर मिलाएपछि अडियो पक्ष झनै सशक्त बन्न पुगेको छ।

भिडियोमा कमल ढकाल ले अत्यन्तै प्रभावशाली रूपमा मुख्य भूमिका निर्वाह गरेका छन्, जसमा रामभक्ति र कृपाले जीवनमा ल्याएको रूपान्तरणलाई देखाइएको छ। उनका भाव र अभिनयले युवाहरूमा आध्यात्मिक चेतना र समाजपरिवर्तनको प्रेरणा दिने अपेक्षा गरिएको छ।

भजनको कोरियोग्राफी एसके श्रेष्ठ द्वारा गरिएको हो भने सम्पादन टेकेन्द्र साह ले गरेका हुन्। केही समयअघि कोटिहोमबाटै अडियो संस्करण सार्वजनिक गरिएको यो भजनमा विजय कृष्ण मुर्ति महाराज र अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा ले अडियो रिलिज समारोहमा संयुक्त रूपमा भजन बजाएर आशिर्वाद दिएको  दृश्य समेत भिडियोमा समावेश गरिएको छ, जसले भिडियोलाई अझै जीवन्त र प्रभावशाली बनाएको छ।

रामप्रेम, संगीत र समर्पणको अद्वितीय संगम रहेको यो भिडियो सम्पूर्ण रामभक्त र संगीतप्रेमीका लागि अविस्मरणीय उपहार सावित हुने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

  • * * * <a href="https://iso-roll.ru/index.php?hrf1pp">Win Free Cash Instantly</a> * * * hs=4b87519d45d9c01d259cfb1ac462c13f* ххх* pazapz@mailbox.in.ua rxe5bw
  • * * * Snag Your Free Gift: https://iso-roll.ru/index.php?hrf1pp * * * hs=4b87519d45d9c01d259cfb1ac462c13f* ххх* pazapz@mailbox.in.ua rxe5bw
  • सम्बन्धित समाचार

    सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
    4 बर्ष अगाडि

    १९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

    छुटाउनुभयो कि ?

    TOP