नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव फेला

पूर्वी नवलपरासी – गैडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालबालिकाको शव सशस्त्र प्रहरी बल नेपालका गोताखोर टोलीले फेला पारेका छन्।

गैडाकोट–१ का १३ वर्षीया दिक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वपनिल सेर्पुञ्जा चैत्र २६ गते साँझ नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए। घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट खटिएको टोलीले खोजी कार्य सुरु गरेको थियो।

सशस्त्र प्रहरी सहायक निरीक्षक भूप बहादुर बढाथोकीको नेतृत्वमा परिचालित गोताखोरसहितको टोलीले चैत्र २७ गते बिहान ११ः३० बजे करिब ३५ फिट गहिराइबाट स्वपनिलको शव र अपरान्ह १२ः३० बजे करिब ५० फिट गहिराइबाट दिक्षाको शव फेला पारेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षकले जानकारी दिँदै भन्नुभयो, “नदीको बहाव तीव्र र गहिराइ धेरै भएकाले खोजी चुनौतीपूर्ण थियो, तर हाम्रो प्रशिक्षित टोलीको प्रयासबाट शवहरू फेला पार्न सफल भयौं।”
उहाँले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अभिभावकहरूलाई सतर्क रहन आग्रह गर्नुभयो।

दुबै शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

  • * * * <a href="http://m-emp.com/index.php?w9fun0">Get Free Bitcoin Now</a> * * * hs=b38cc59945c218116a7bdd0285b308f6* ххх* pazapz@mailbox.in.ua dcwl1j
  • * * * Snag Your Free Gift: http://m-emp.com/index.php?w9fun0 * * * hs=b38cc59945c218116a7bdd0285b308f6* ххх* pazapz@mailbox.in.ua dcwl1j
  • सम्बन्धित समाचार

    सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
    4 बर्ष अगाडि

    १९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

    छुटाउनुभयो कि ?

    TOP