२६ वैशाख नयाँ दिल्ली/इस्लामाबाद – भारत र पाकिस्तानबीचको दीर्घकालीन तनाव फेरि युद्धस्तरमा पुगेको छ। जम्मु-कश्मीरको पहलगाममा ११ वैशाख २०८२ मा भएको आतंकवादी आक्रमणपछि भारतले प्रतिशोधस्वरूप सोमबार राति 'अपरेशन सिन्दूर' नामक सैन्य कारबाही गर्दै पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरमा रहेका नौ स्थानमा हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेको छ।
भारतीय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणमा लश्कर-ए-तोइबा, जैश-ए-मोहम्मद र TRF जस्ता आतंकवादी समूहका अड्डा ध्वस्त पारिएका छन्।” भारतको कारबाहीमा कम्तीमा ३१ जना पाकिस्तानी नागरिक मारिएको र ५७ भन्दा बढी घाइते भएको पुष्टि पाकिस्तानी प्रशासनले गरेको छ।
यसैबीच, पाकिस्तानले भारतको कदमलाई 'युद्धको घोषणा' भन्दै कडा प्रतिक्रिया दिएको छ। प्रधानमन्त्री शहबाज शरीफले देशव्यापी सम्बोधन गर्दै भने, “भारतले सीमा नाघेको छ। हामी यसको जवाफ दिन तयार छौं।” पाकिस्तानले पाँच भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ, यद्यपि भारतले यसलाई अस्वीकार गरेको छ।
भारतमा पनि दुई जना सैनिक र १३ जना नागरिकको मृत्यु भएको पुष्टि भएको छ। सीमामा सेना परिचालन तीव्र बनाइएको छ, र दुबै देशका वायुसेनाहरू पूर्ण सतर्क अवस्थामा छन्।
अन्तर्राष्ट्रिय समुदायले स्थिति गम्भीर भएको भन्दै संयम अपनाउन आग्रह गरिरहेको छ। संयुक्त राष्ट्रसंघ, अमेरिका, र चीनले दुवै पक्षसँग कूटनीतिक वार्ताबाट समाधान खोज्न आग्रह गरेका छन्।
विश्लेषकहरूका अनुसार २०२८ सालपछि यो सबैभन्दा खतरनाक स्थिति हो, जब दुई परमाणु शक्ति राष्ट्रहरू प्रत्यक्ष भिडन्तको नजिक पुगेका छन्।
काठमाडौं, जेठ २४— रामेछापको मन्थलीस्थित सघन सहरी तथा भवन निर्माण आयोजना (पूर्व नगर विकास समिति ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!