बालयोगेश्वर बिजय कृष्ण मुर्ति जि महाराजद्वारा पोखरामा ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको तयारी सुरु

कास्की ।नेपाल भ्रमण वर्ष २०२५ र नेपाली नयाँ वर्ष २०८२ को अवसरमा, श्री मानव सेवा फाउण्डेसन र अन्य संस्थाहरूले पोखरा-१७, बिरौटा, कास्कीमा ऐतिहासिक श्री गण्डकी शत(सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको तयारी सुरु गरेका छन्। महायज्ञ २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म सञ्चालन हुनेछ, जसमा मुख्य कोटिहोम कार्यक्रम २०८२ बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म हुनेछ।

बालयोगेश्वर बिजय कृष्ण मुर्ति जि महाराजका अनुसार, यो महायज्ञको उद्देश्य राष्ट्र शान्ति, विश्व कल्याण र नेपाली जनताको सुख, शान्ति र समृद्धिका लागि हुनेछ। पोखरालाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले, महायज्ञमार्फत गण्डकी प्रदेशका शास्त्रवर्णित धार्मिक क्षेत्रहरूको महत्वलाई विश्वभर प्रचार गर्ने योजना राखिएको छ।

महायज्ञको आयोजना गण्डकी प्रदेशका विपन्न र असहाय बालबालिका र ज्येष्ठ नागरिकहरूको संरक्षणको लागि पनि विशेष ध्यान दिनेछ। यस कार्यक्रमले धार्मिक पर्यटनको वृद्धिका साथसाथै समाजको सशक्तिकरणमा पनि ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ।

बालयोगेश्वर बिजय कृष्ण मुर्ति जि महाराजले पोखरामा हुने यो ऐतिहासिक महायज्ञलाई धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण माइलस्टोन मान्दै, यसमा भक्तजनहरूको ठूलो सहभागिता र समर्थनको अपेक्षा व्यक्त गरेका छन्।

आयोजनामा श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरको नाममा रहेको जमिन र आसपासका क्षेत्रहरूमा महायज्ञका कार्यक्रमहरू सञ्चालन गरिने छन्। महायज्ञको तयारीका लागि एक हजारभन्दा बढी कार्यकर्ता र स्वयंसेवी जुटेका छन्।

कार्यक्रमको मुख्य उद्देश्य पोखरालाई धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्नु र गण्डकी प्रदेशको धार्मिक महत्त्वलाई विश्वभर पुर्याउनु हो। यस महायज्ञमा भाग लिन सबै भक्तजनलाई हार्दिक निमन्त्रणा गरिएको आयोजकले जनाएकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आलेख : महिला जनप्रतिनिधिका पीडा : ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’
18 घण्टा अघि

तानसेन (पाल्पा), माघ १४ - “जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर हामी महिला सदस्यको कुनै ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP