विपत्तिका छायाँ पन्छाउँदै गण्डकी कोटिहोममा विजयकृष्ण मुर्ति महाराजको दिव्य नेतृत्वमा भव्य महायज्ञ

पोखरा ।गण्डकी कोटिहोम, जहाँ अहिलेको हावा पनि मन्त्रजस्तो लाग्छ, र प्रत्येक सासमा भक्ति मिसिएको अनुभूति हुन्छ। त्यही स्थलमा, हजारौं श्रद्धालुहरूको आँखाको आशा बनेर उभिएका छन्—विजयकृष्ण मुर्ति महाराज। एक यस्तो नाम, जसले धर्मको सेवामा आफ्नो सम्पूर्ण जीवन अर्पण गरिसकेका छन्, र जुनसुकै चुनौतीको अगाडि कहिल्यै झुकेकाछैनन।

महायज्ञ सुरु गर्नु अगावै धेरैले शंका गरे—"यो सम्भव छैन", "कसरी हुन्छ यति ठूलो आयोजना?" "स्रोत छैन, साथ छैन, मार्ग कहाँ छ?"
तर विजयकृष्ण मुर्ति महाराजसँग एउटा अमोघ अस्त्र थियो—श्रद्धा। त्यो श्रद्धा जुन पैसामा बिक्दैन, जुन पदमा रुक्दैन, जुन केवल धर्म र मानव सेवाको लागि धड्किन्छ।

महायज्ञको तयारी सुरु भयो, यथार्थका काँडाहरू बिछ्याइएका बाटोमा।
कहिले आर्थिक अभावले निराशा ल्यायो,
कहिले केही तत्वहरूले बदनाम गर्न खोजे,
कहिले आफ्नै छायाले समेत साथ छोडेझैं लाग्यो।

तर महाराजले एकपटक पनि पछाडि फर्केर हेरेनन्। उहाँले न आँसु लुकाउनु भयो, न थकाइ देखाउनु भयो। मौन साधनामा जस्तै, उहाँले सबै वाधा भित्रै पीडालाई समाधिमा रूपान्तरण गर्दै, यज्ञलाई जीवन्त बनाउँदै जानुभयो।

आज, गण्डकी कोटिहोममा जब हवनकुण्डबाट धुपको सुवास उठ्छ, जब मन्त्रोच्चारणसँगै वातावरण काँप्छ,
जब वृद्ध आमाको आँखा रसाउँछ र बालकको ओठमा “जय श्रीराम” उन्मुक्त हर्षले फुक्छ,
त्यो क्षणमा, विजयकृष्ण मुर्ति महाराजको ती वर्षोंको त्याग र तप प्रकट हुन्छ।

उहाँको वचन कठोर हुँदैन, मधुर हुन्छ।
उहाँको दृष्टि कठोर हुँदैन, करुणामयी हुन्छ।
उहाँ कुनै पण्डितको आवरणमा होइन, एक करुणामय गहिरो आत्माको रूपमा उपस्थित हुनुहुन्छ।

"धर्म भनेको भजन गाउनु मात्रै होइन, रोइरहेकोलाई टाउको टेक्ने ठाउँ दिनु हो,"
उहाँको यो भनाइले सयौं युवाहरूको जीवनको भबिस्य  फेरिदिएको छ।

गण्डकी कोटिहोममा अहिले केवल महायज्ञ चलेको छैन—यहाँ आत्मा शुद्धि भइरहेको छ।
यहाँ आशाविहीनले आशा पाएका छन्।
यहाँ थाकेका काधहरूले विश्राम मात्र होइन, ऊर्जा पनि पाएका छन्।

आज जनमानसको हृदयमा एउटा भाव गहिरो गरी बसिसकेको छ—
विजयकृष्ण मुर्ति महाराज हुनुहुन्छ, जुनसुकै अन्धकारमा पनि धर्मको ज्योति बलिरहने सजीव प्रेरणा।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP