काठमाडौं,१३ शनिबार – राजधानी काठमाडौं र ललितपुरका दर्जनौँ स्थान शनिबार दिनभरि अन्धकारमा बस्न बाध्य हुने भएका छन्। नेपाल विद्युत प्राधिकरणले पूर्वसूचना दिए तापनि, बारम्बार यसरी घण्टौँसम्म विद्युत अवरूद्ध गर्नुले जनतालाई हैरानी र असुविधामा पार्ने गरेको गुनासो बढ्दै गएको छ।
प्राधिकरणको सूचना अनुसार, ललितपुरको पुल्चोक वितरण केन्द्रको खोकना फिडर अन्तर्गत पर्ने छम्पी, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्ती जस्ता ग्रामीण तथा अर्ध-शहरी क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत बन्द गरिनेछ। कारण – रिङ रोडको पोल स्थानान्तरण। तर स्थानीय बासिन्दा भने भन्छन् – "साना कामको नाममा घण्टौँ बत्ती काट्नु सरासर अन्याय हो।"
त्यस्तै, काठमाडौंमा रत्नपार्क वितरण केन्द्रका करिब १० वटा फिडर क्षेत्रका बासिन्दा दिनभर ८ बजेदेखि ४ बजेसम्म विद्युतविहीन हुनेछन्। खुल्ला मञ्च, भद्रकाली, कृषि विकास बैंक, सुन्धारा टेलिकम, भन्सार विभाग, रानीपोखरी प्रहरी कार्यालय लगायतका अत्यन्त संवेदनशील तथा सार्वजनिक सेवासँग जोडिएका स्थानहरू समेत प्रभावित हुने देखिन्छ।
यसरी बारम्बार सूचना दिएर विद्युत काट्नु विद्युत सेवा प्रवाहको अक्षमता हो भन्ने आरोप उपभोक्ताबाट उठ्न थालेको छ। अझ चिन्ताको विषय के छ भने, यस्ता सटडाउनहरूमा वैकल्पिक व्यवस्थाबिना विद्यालय, अस्पताल, कार्यालय तथा उद्योगधन्दा प्रभावित हुने खतरा बढ्दो छ।
जनताको सहज जीवनभन्दा पनि प्राधिकरणको प्राविधिक कारण प्राथमिकतामा देखिँदा, ‘सेवा होइन सास्ती’ भन्ने गुनासो थप बलियो बन्न थालेको छ।
टोखा, काठमाडौं जेठ ११ – टोखा नगरपालिकाको आयोजनामा लागुऔषध विरुद्धको चेतनामूलक विशेष कार्यक्रम ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!