डीएसपी सन्तोष निरौलालाई गण्डकी कोटिहोममा दुबोको मालाले सम्मान

पोखरा ,कास्की – पोखरा–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा सञ्चालित श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ को विशेष समारोहमा बैदम प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष निरौलालाई दुबोको मालाले सम्मान गरिएको छ।

राष्ट्रभक्तिपूर्ण गीतको गुञ्जनबीच धार्मिक परम्परा अनुरूप गरिएको सम्मान कार्यक्रममा डीएसपी निरौलाको योगदानको खुलेर प्रशंसा गरिएको थियो। आयोजक मानव सेवा फाउण्डेशनका अनुसार, सुरक्षाकर्मीहरूकै सहभागिताले धार्मिक तथा राष्ट्रिय भावनाको माहोल थप सशक्त बनेको छ।

महायज्ञ २०८१ सालको चैत्र १७ गतेदेखि सुरु भई २०८२ जेठ २६ गतेसम्म सञ्चालन हुँदैछ। कार्यक्रमअन्तर्गत दैनिक हवन, कथा वाचन, प्रवचन, पूजापाठ, आरती, भजन तथा विविध सांस्कृतिक कार्यक्रमहरू भव्य रूपमा भइरहेका छन्।

महायज्ञलाई प्रचारप्रसार गर्न सामाजिक सञ्जालमा छोटा भिडियो बनाउने सहभागीलाई रु. २५,००० सम्मको पुरस्कार र सम्मानपत्र प्रदान गरिने योजना रहेको छ।

साधु–सन्त, धर्मगुरु, भक्तजन, स्वयंसेवक, महिला समूह, बालबालिका, जनप्रतिनिधि र वडाध्यक्षसम्मको सक्रिय सहभागिताले महायज्ञ पोखरेली समाजको साझा गौरवका रूपमा स्थापित भइरहेको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP