काठमाडौं, ११ चैत्र – नेपाली हस्पिटालिटी क्षेत्रका लागि सेवा दिँदै आएको घोरिवाला मार्टले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘एनिभर्सरी अफर’ ल्याएको छ। मार्च २८ देखि लागू हुने यस योजनाअन्तर्गत ग्राहकहरूले ७० प्रतिशतसम्म छुट पाउनेछन्।
मार्टका निर्देशक विनय घोरिवालाका अनुसार, ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै व्यवसाय प्रवर्द्धनका लागि विभिन्न अफरहरू सञ्चालन गरिँदै आएको छ।
घोरिवाला मार्टले बालकुमारी र रातोपुलबाट होटल तथा हस्पिटालिटी उद्योगका लागि आवश्यक सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा विक्री गर्दै आएको छ। त्यसमा ओशन ग्लासवेयर, रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर, एक्सेसरीज, क्रिस्टल, डेकोर, कार्पेट, डिनरवेयर, ब्ल्याङ्केट, गलैंचा, बेडसिटलगायतका सामग्रीहरू समावेश छन्।
४७ वर्षदेखि हस्पिटालिटी क्षेत्रका व्यवसायहरूलाई सेवा दिँदै आएको यस मार्टले तारे होटल, रिसोर्ट, रेस्टुरेन्ट, बैंक्वेट, होटल म्यानेजमेन्ट कलेज, सुपरमार्केट, तथा घरायसी प्रयोगका सामानहरू पनि उपलब्ध गराउँदै आएको छ।
मार्टले यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध गराउने जनाएको छ।
महेन्द्रनगर, माघ १५ - आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्ष ...

प्रतिक्रिया