दिनेश प्रसाद यादवमाथि तीन करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग, विशेष अदालतमा आरोपपत्र दायर

दिनेश प्रसाद यादवमाथि तीन करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग, विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं,८ वैशाख- बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेश प्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु. ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ २१ पैसा बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आज आरोपपत्र दायर गरेको छ।

आयोगले २०६३ सालदेखि २०८१ सालसम्मको जाँच गर्दा यादवको कुल वैध आय रु. २ करोड ४२ लाख मात्र देखिएको तर सो अवधिमा कुल खर्च रु. ५ करोड ७१ लाख पुगेको पुष्टि भएको जनाएको छ। जाँच अनुसार रु. ३ करोडभन्दा बढी रकम श्रोत नखुलेको पाइएकाले सो रकम गैरकानूनी रूपमा आर्जन गरिएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरिएको हो।

यसै क्रममा यादवले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिको केही अंश श्रीमती अमृता कुमारी यादवको नाममा राखेको पाइएकाले उनलाई पनि प्रतिवादी बनाइएको छ। आयोगले उक्त सम्पत्ति जफत गर्न माग गर्दै आरोपपत्रमा दाबी गरेको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP