टोखा नगरपालिकाको कडा निर्देशन : वैशाख १० देखि विद्यालय अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने

टोखा नगरपालिकाको कडा निर्देशन : वैशाख १० देखि विद्यालय अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने

टोखा ,काठमाडौ ९ बैशाख -टोखा नगरपालिकाले वैशाख १० गतेदेखि नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरू अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने स्पष्ट निर्देशन दिएको छ। सोमबार सम्पन्न कार्यपालिका बैठकपछि एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले यस्तो निर्णय सार्वजनिक गरेको हो।

नगरपालिकाले विद्यार्थीको शिक्षाको हक संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार भएको उल्लेख गर्दै कुनै पनि विद्यालय बन्द हुन नदिने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, "नगरपालिकाको आदेशको उल्लङ्घन गरेमा संविधान अनुसार कारबाही हुनेछ।"

यो निर्णयप्रति अभिभावकहरूले खुलेर समर्थन जनाएका छन्। उनीहरूको भनाइमा, २० दिनदेखि विद्यालय बन्द हुँदा आफ्ना छोराछोरीको भविष्य अध्यारोमा पर्न थालेको छ। अभिभावकहरू शिक्षा र विद्यार्थीलाई राजनीतिक दबाबबाट जोगाउन नगरपालिकाले चालेको कदमलाई सकारात्मक रुपमा लिएका छन्।

हाल देशैभर नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलन जारी छ। आन्दोलन दिनदिनै उच्छृङ्खल र असभ्य बन्दै गएको भन्दै आम जनमानसबाट आलोचना हुँदै आएको छ। शिक्षामन्त्रीले पदबाट राजीनामा दिइसकेका छन् भने प्रधानमन्त्रीले शिक्षकहरूको प्रमुख माग– ४८ प्रतिशत मात्र पास भएका विद्यार्थीलाई जबरजस्ती १०० प्रतिशत पास गराउनुपर्ने प्रस्तावलाई अस्वीकार गर्दै राज्यले त्यो सम्भव नभएको बताएका छन्।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

गण्डकी कोटिहोम सञ्चालन भएको स्थलमा स्थानीयले बनाए “कोटिहोम चोक”
9 महिना अगाडि

पोखरा जेठ ७ -पोखरा महानगरपालिका–१७ मा सञ्चालन भइरहेको गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञको स्थ ...

छुटाउनुभयो कि ?

TOP