नयाँ जिम्मेवारी, नयाँ चिन्ह: प्रहरी निरीक्षकमा पदोन्नति भएका ६० अधिकृतलाई दर्ज्यानी चिन्ह

नयाँ जिम्मेवारी, नयाँ चिन्ह: प्रहरी निरीक्षकमा पदोन्नति भएका ६० अधिकृतलाई दर्ज्यानी चिन्ह

काठमाडौं, वैशाख १०– नयाँ पदीय जिम्मेवारीका साथ, शिर उचो बनाउँदै ६० जना प्रहरी अधिकृतले बुधबार आफ्नो काँचुली फेरे। प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षकमा पदोन्नति भएका ती अधिकृतहरू दर्ज्यानी चिन्हले सुशोभित भए।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिनुभयो। सो अवसरमा आईजीपी थापाले नवपदोन्नत अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो।

"पद बढ्दै जाँदा जिम्मेवारी झन गह्रौँ हुन्छ," आईजीपी थापाले भन्नुभयो, "अब तपाईंहरूले संगठनको इज्जत र मर्यादा बढाउने जिम्मा पाउनु भएको छ।"

उहाँले उच्च मनोबल, इमानदारी र सामूहिक भावनाका साथ जनसेवामा खटिन निर्देशन दिनुभयो। समारोहमा उपस्थित अनुहारहरूमा गर्व, उत्साह र कर्तव्यबोध एकसाथ झल्किरहेको देखिन्थ्यो।

६१ जना पदोन्नत भएकामध्ये एक जना अधिकृत भने व्यक्तिगत कारणले कार्यक्रममा उपस्थित हुन सकेनन्।

नेपाल प्रहरीको यो नयाँ पुस्ता अब नयाँ चिन्हसँगै राष्ट्र, कानुन र जनताको सेवामा थप प्रतिबद्ध देखिएको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP