कुलमानको बर्खास्ती गलत र आपत्तिजनक, सरकारको निर्णय घोर निन्दनीय’ – प्रचण्ड

काठमाडौं ११ चैत्र  पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयलाई ‘जनविरोधी, अन्यायपूर्ण र आपत्तिजनक’ बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो कडा असन्तुष्टि जनाउँदै भनेका छन्, “देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला उर्जा विज्ञका रूपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनको विज्ञता, क्षमता र हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भयौं। तर, लामो समयदेखि जनताको लागि काम गर्ने मान्छेलाई हटाउने प्रयास भइरहेको थियो।”

मन्त्रिपरिषद्को बैठकबाट घिसिङलाई बर्खास्त गरिएको खबर सञ्चारमाध्यमबाट थाहा पाएको बताउँदै उनले थपे, “आशा गरौं, यो खबर असत्य होस्। तर, यदि यो सत्य हो भने सरकारको यो कदम अत्यन्तै गलत, आपत्तिजनक र निन्दनीय छ। दुई तिहाई बहुमतको दम्भमा गरिएको यस्तो निर्णयलाई म घोर निन्दा गर्दछु।”

प्रचण्डले सरकारको यस कदमलाई ‘निजी स्वार्थपूर्ति र जनविरोधी मानसिकताको उपज’ भन्दै कडा आलोचना गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP