पोखरा, कास्की — पोखरा महानगरपालिकाको उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत (सातौं तह) कपिल गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु. २५,००० घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ।
सूचना र उजुरी निवेदनको आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले गिरीलाई नियन्त्रणमा लिएको हो। उनले अख्तियारमा परेको उजुरीसँग सम्बन्धित प्रमाण मेटाई दिने र उजुरी फरफारक गरिदिने भन्दै सेवाग्राहीसँग सो रकम माग गरेका थिए।
अनुसन्धानका क्रममा गिरीले उजुरीसम्बन्धी पत्र आएको पुष्टि भइसकेको छ भने प्रमाण नष्ट गर्न र सेवाग्राहीलाई अनुकूल बनाइदिने कार्यका लागि घुस माग गरी लिएको तथ्य पनि प्रमाणित भएको अख्तियारले जनाएको छ।
उक्त घटनामा गिरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकाले रु. २५,००० बिगो कायम गरी कैद र जरिवाना सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जानकारी दिएको छ।
काठमाडौं, वैशाख ८– परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतको परमादेशअनुसार सम्पन्न एकता महाधि ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!