पोखरा, कास्की — पोखरा महानगरपालिकाको उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत (सातौं तह) कपिल गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु. २५,००० घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ।
सूचना र उजुरी निवेदनको आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले गिरीलाई नियन्त्रणमा लिएको हो। उनले अख्तियारमा परेको उजुरीसँग सम्बन्धित प्रमाण मेटाई दिने र उजुरी फरफारक गरिदिने भन्दै सेवाग्राहीसँग सो रकम माग गरेका थिए।
अनुसन्धानका क्रममा गिरीले उजुरीसम्बन्धी पत्र आएको पुष्टि भइसकेको छ भने प्रमाण नष्ट गर्न र सेवाग्राहीलाई अनुकूल बनाइदिने कार्यका लागि घुस माग गरी लिएको तथ्य पनि प्रमाणित भएको अख्तियारले जनाएको छ।
उक्त घटनामा गिरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकाले रु. २५,००० बिगो कायम गरी कैद र जरिवाना सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जानकारी दिएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया