काठमाडौं, १० बैशाख –नीति, विधि र सिद्धान्तको पालना गर्दा उपमेयर सुनिता डंगोल अन्तर्राष्ट्रिय स्तरमै सम्मानित हुन्छिन् भने, तिनै मूल्य र मर्यादा मिच्दै काम गर्ने काठमाडौंका मेयर बालेन साहको यात्रा अब जेलतर्फ उन्मुख भइरहेको नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य बैकुण्ठनाथ दहालले चेतावनी दिएकाछन।
रेडमिडियासँग विशेष कुराकानी गर्दै दहालले बालेनप्रति तीव्र असन्तुष्टि जनाए। “नीति, प्रक्रिया र जनभावनालाई बेवास्ता गर्दै, यूट्युब स्टाटस र आवेगमा काम गर्ने जुन शैली उनले देखाएका छन्, त्यसले महानगर मात्र होइन, उनको व्यक्तिगत राजनीतिक यात्रा समेत संकटमा पुर्याएको छ,” दहालको कडा टिप्पणी थियो।
पछिल्ला निर्णयहरू विवादित बनेका छन्। जनप्रतिनिधि भएर जनताबाट टाढिएको बालेनको शैली जनतामाझ अस्वीकृत बन्दै गएको छ। अबको बालेन 'भत्काउने' मेयरको रूपमा मात्र चिनिन थालेका छन्। जनसमस्यामा चुप लाग्ने र सामाजिक सञ्जालमा स्टाटस लेख्दै गुम्सिने प्रवृत्तिले जनविश्वास समाप्त पारिरहेको छ।
उपमेयर सुनिता डंगोलले समेत प्रशासकीय अधिकृतको पुनः नियुक्तिमा भनेकी थिइन्, “दम छ भने सामुहिक समस्यामा अग्रसर हुनुहोस्, लुकेर शासन नगर्नुहोस्।” उनको भनाइ बालेनको अभाव र कमजोरीप्रति प्रत्यक्ष कटाक्ष थियो।
अख्तियारमा परेको उजुरीका आधारमा काठमाडौं महानगर देशको दोस्रो सबैभन्दा भ्रष्ट महानगर घोषणा भइसकेको छ, जहाँ पहिलो स्थान पोखरा महानगरले ओगटेको छ। बालेन नेतृत्वमा प्रशासनिक पारदर्शिता होइन, राजनीतिक गुम्सिने शैली हावी देखिएको दहालको ठम्याइ छ।
“बालेनले प्रयोगमा ल्याएको रणनीति अब म्याद गुज्रेको औषधि जस्तै भइसकेको छ – न त असर गर्छ, न त उपचार हुन्छ,” दहालको कडा टिप्पणी थियो। जनताको नेता भनिए पनि जनताले भेट्न नपाउने मेयर बालेनप्रति प्रश्न उठ्दै गएको छ – “उनी आखिर जनताको प्रतिनिधि हुन् त, कि अरू कसैका?”
बालेन अब जनतासँग प्रत्यक्ष संवाद गर्ने कि जनआक्रोशको लहरमा समातिने – समयको चुनौतिलाई चिर्ने कि समयसँगै चिप्लिने भन्ने प्रश्न गहिरिँदै गएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया