राप्रपाले राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन परिचालन समिति गठन गर्ने

राप्रपाले राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन परिचालन समिति गठन गर्ने

काठमाडौं। पुराना पञ्चनेता नवराज सुवेदीको नेतृत्वमा गठित ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ अन्तर्गत राप्रपाका नेता डा. धवलशमशेर राणा नेतृत्वको जनआन्दोलन परिचालन समितिले विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय गरेको छ।

संवैधानिक राजसंस्था पुनर्स्थापना, सनातन हिन्दू राष्ट्र स्थापन, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण तथा सुशासन बहालीको पक्षमा रहेका राजनीतिक दल, संघसंस्था तथा अभियानहरूका प्रतिनिधिहरू सम्मिलित बैठकले जनआन्दोलनलाई प्रभावकारी बनाउन विभिन्न विभागीय उपसमितिहरू गठन गर्दै लैजाने निर्णय गरेको हो।

बैठकपछि जारी विज्ञप्तिमा आन्दोलन परिचालन समिति र विभिन्न उपसमितिहरूमा एकताबद्ध भई सहकार्य गर्न सबै राष्ट्रवादी, देशभक्त नागरिक, अभियान तथा राजनीतिक दलहरूलाई सहभागी बन्न अपिल गरिएको छ। विज्ञप्तिमा राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्र स्थापनाका लागि जनस्तरबाट दबाब सिर्जना गर्न सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP