सिंहदरबारमै प्रदर्शनः लिङ्देन र शाही पक्राउ

काठमाडौं, ७ वैशाख -सिंहदरबारभित्रै वर्तमान व्यवस्थाविरुद्ध गरिएको सांकेतिक प्रदर्शनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र समान धारणा राख्दै संसद् परिसर पुगेका माननीय ग्यानेन्द्र शाहीलाई सुरक्षा निकायले पक्राउ गरेको छ।

राप्रपाले आज सिंहदरबारभित्र राजसंस्थाको पुनर्स्थापना, हिन्दू राष्ट्रको मागवर्तमान सत्ताको असफलताविरुद्ध सांकेतिक प्रदर्शन गरेको हो। लिङ्देनसहितका सांसदहरूले “देश यस्तै हो त?”, “राजा आउ देश बचाउ”, “जनताको शासन कहिले?” भन्ने नारा लेखिएका पम्प्लेट प्रदर्शन गर्दै सरकार र व्यवस्थाप्रति असन्तुष्टि जनाए।

प्रदर्शनको क्रममा सिंहदरबारको सुरक्षा संयन्त्रलाई उल्लंघन गरिएको आरोपमा लिङ्देन र शाहीलाई नियन्त्रणमा लिइएको हो। सुरक्षाकर्मीहरूले उनीहरूलाई संसदभित्रैबाट बाहिर निकाली प्रहरी नियन्त्रणमा लिएका छन्।

लिङ्देनले पक्राउअघि भनेका थिए, “यो शान्तिपूर्ण आवाज हो, जनताको आवाज हो। यो दबाएर जनताको आक्रोश मेटिन्न।”
शाहीले पनि “देशको असली शासक जनताका आवाज सुनिदैन भने, यो संसद् जनताका लागि होइन” भन्दै आक्रोश पोखेका थिए।


 

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
एक घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP