महानिरीक्षक राजु अर्यालद्वारा एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन र नयाँ सत्र उद्घाटन

महानिरीक्षक राजु अर्यालद्वारा एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन र नयाँ सत्र उद्घाटन

काठमाडौं, ८ वैशाख- सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले काठमाडौंको एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा नवौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन तथा दशौँ कोर्षको औपचारिक उद्घाटन गर्नुभएको छ। समारोहमा बोल्दै उहाँले कोर्षले व्यावसायिक दक्षता, नेतृत्व क्षमता र रणनीतिक सोचको विकासमार्फत सशस्त्र प्रहरी अधिकृतहरूलाई आधुनिक सुरक्षा चुनौतीहरूसँग जुध्न सक्षम बनाउने बताउनुभयो।

कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने अधिकृतहरूलाई सम्मानसमेत प्रदान गरिएको थियो। ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’ सशस्त्र प्रहरी नायव उपरीक्षक पंकज पौडेल, ‘बेस्ट रिसर्च अवार्ड’ वासुदेव महत, र ‘बेस्ट एकेडेमिक अवार्ड’ युकेश उप्रेतीले प्राप्त गरे। एकेडेमिक अवार्ड त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका प्रोफेसर डा. दुविनन्द ढकालले हस्तान्तरण गर्नुभयो।

महानिरीक्षक अर्यालले कोर्ष सफल बनाउन सहयोग गर्ने त्रिभुवन विश्वविद्यालय, विभिन्न विषयका विज्ञहरू र सम्वन्धित पक्षहरूप्रति आभार प्रकट गर्दै कोर्षलाई निरन्तरता दिन प्रतिबद्धता जनाउनुभयो। उहाँका अनुसार कमाण्ड तथा स्टाफ कोर्ष संगठनका लागि दीर्घकालीन सोच राख्ने रणनीतिक कमाण्डर उत्पादन गर्ने अवसर हो।

६० हप्ता लामो नवौँ कोर्षमा सशस्त्र प्रहरी नायव उपरीक्षक ९, अनुसन्धान विभागका १, र प्रहरी निरीक्षक ४ जना गरी १४ जना सहभागी थिए। नवसञ्चालित दशौँ कोर्षमा नायव उपरीक्षक ६, अनुसन्धान विभागका १, र निरीक्षक ५ जना गरी १२ जनाको सहभागिता रहेको छ।

कार्यक्रममा पूर्व डिन डा. कुशुम शाक्य, पूर्व तथा वर्तमान सशस्त्र प्रहरी अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसहित विशिष्ट अतिथिहरूको उपस्थिति थियो।


 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पर्साको भगुवाबाट ठूलो मात्रामा लागूऔषध ट्रमाडोल बरामद
9 महिना अगाडि

पर्सा, जेठ ६ – पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ भगुवास्थित सीमा क्षेत्रबाट सशस्त्र प ...

छुटाउनुभयो कि ?

TOP