काठमाडौं – अमेरिका सरकारले अवैध रूपमा प्रवेश गरेका थप तीन नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार उनीहरूलाई एयर इन्डियाको जहाजमार्फत यसै साता नेपाल फर्काइएको हो। निष्कासनमा पर्नेहरूमा विष्ट, तामाङ, र होली थरका एक-एक नेपाली रहेका छन्।
अमेरिकी सरकारले पछिल्लो समय आप्रवासन नीतिलाई थप कडा पार्दै अवैध रूपमा बसोबास गर्ने आप्रवासीहरूको धरपकड तीव्र बनाएको छ। हालै मात्र ११ जना नेपालीलाई चार्टर जहाजमार्फत काठमाडौं फर्काइएको थियो। पछिल्ला दुई महिनामा मात्रै ४० भन्दा बढी नेपालीलाई निष्कासन गरिसकिएको छ।
नेपाली संघसंस्थाहरूका अनुसार हाल पनि ठूलो संख्यामा नेपाली आप्रवासी अमेरिकी अध्यागमन निकाय आईसीई (Immigration and Customs Enforcement) को निगरानीमा रहेका छन्। यसले अमेरिका बस्दै आएका नेपाली समुदायमा त्रास फैलिएको छ।
विशेषज्ञहरूका अनुसार अमेरिका प्रवेश गर्ने तरिकाबारे स्पष्ट जानकारी नहुँदा धेरै नेपालीहरू जोखिमपूर्ण यात्रा गरिरहेका छन्। कडा आप्रवासन नीतिका कारण अवैध रूपमा बस्ने नेपालीहरूको भविष्य अन्योलमा परेको छ।
भैरहवा,८ वैशाख -लुम्बिनी प्रदेशको मुख्य प्रवेशद्वार र नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुप ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!