चलचित्रले समाजमा सकारात्मक सन्देश दिन सक्नुपर्छ :मन्त्री पाण्डे
Admin
२०८१-११-१२
484
Shares
काठमाडौँ, फागुन ११ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले चलचित्रले सकारात्मक सन्देश दिनुपर्ने बताउँनु भएको छ । नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्बोधन गर्दै मन्त्री पाण्डेले सो कुरा बताउनु भएको हो
मानिसलाई कन्भिन्स गर्न सक्ने अद्भुत माध्यम चलचित्र भएको उल्लेख उहाँले थप्नुभयो, “दुनियाले सत्यको जित चाहिरहेको छ र चलचित्रमार्फत समाजलाई ठूलो प्रभाव पार्न सकिन्छ।”
पाको पुस्ताले नै निराशाको व्यापार गरिरहेको भन्दै नयाँ पुस्तालाई आशा र सकारात्मकताको सन्देश दिनुपर्नेमा मन्त्री पाण्डेले जोड दिनुभएको छ ।
उहाँले भन्नुभयो, “अहिले पाको पुस्ताले नै निराशाको व्यापार गर्न थालेको छ। यस्तो अवस्थामा नयाँ पुस्तालाई हामीले के सिकाउने? हामीले आशा सञ्चार गर्नुपर्छ।”
मन्त्री पाण्डेले चलचित्र र कलाले भाषा नबुझेर पनि भाव बुझ्न सक्ने क्षमताको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “कला कलाको कुनै भाषा हुँदैन। भाषा नबुझेर पनि भावनाहरू महसुस गर्न सकिन्छ। यही कारण चलचित्र र कलाले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउन सक्छ।”
समारोहमा गीतसंगीत र नाटक समेत प्रस्तुत गरिएको उल्लेख गर्दै उहाँले कर्णालीको परिवेशमा आधारित नाटकको सम्झना गर्नुभयो। पाण्डेले नयाँपुस्तालाईआशिर्वादि बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले नेपाली चलचित्र उद्योगमा गुणात्मक सुधार आएको बताउँदै नेपालमा अर्बौं कमाइ गर्न सक्ने चलचित्र बनाउन सकिने सम्भावना रहेको बताउनुभयो। “अर्ब कमाउन सक्ने दर्जनौं चलचित्र बनाउन सकिन्छ । यसले देशको अर्थतन्त्रलाई बलियो बनाउन योगदान गर्छ,” मन्त्री पाण्डेले भन्नुभयो।
नेपाललाई खुला संग्रहालयको संज्ञा दिँदै उहाँले नेपालका बस्ती, हिमाल र समुदायमा विदेशी चलचित्र निर्माणका सम्भावनाहरूलाई सदुपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो। “नेपालको विविधतापूर्ण संस्कृतिलाई प्रवद्र्धन गर्दै विदेशी चलचित्रलाई नेपालमा छायांकन गर्न प्रोत्साहित गर्नुपर्छ,” उहाँको भनाइ थियो।
मन्त्री पाण्डेले पर्यटन प्रवद्र्धनमा चलचित्रको भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गर्नुभयो। “चलचित्रमार्फत नेपालका प्राकृतिक सौन्दर्य, संस्कृति र सम्पदालाई विश्वभर चिनाउन सकिन्छ,” उहाँले भन्नुभयो। साथै, उहाँले नेपाल सरकार चलचित्र निर्माणमा आवश्यक पर्ने नीति तथा पूर्वाधार विकास गर्न तयार रहेको समेत बताउनुभयो।
समारोहमा विभिन्न देशका फिल्म निर्माता, कलाकार तथा कलाप्रेमीहरूको सहभागिता रहेको थियो। महोत्सवले नेपाल र अफ्रिकी देशहरूबीच सांस्कृतिक आदानप्रदानलाई थप प्रगाढ बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
२०८१-११-१२
484
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!